टरिगाउँ एयरपोट स्तरोन्नती गर्न प्राविधिक समस्या छैन : प्रतिवेदन

तुलसीपुर, १८ चैत ।

दाङको टरिगाउँ बिमानस्थल स्तरोन्नती गर्न कुनै समस्या नभएको प्राविधिक अध्ययन प्रतिवेदन सार्वजनिक गरिएको छ । तुलसीपुर उद्योग बाणिज्य संघ र दाङ उद्योग बाणिज्य संघको सयुक्त आयोजनामा शुक्रवार टरिगाउँ विमानस्थलमै गरिएको सर्वदलिय र सर्वपक्षिय छलफल कार्यक्रममा एयरपोट स्तरोन्नतीको सम्भाव्यता अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै ईन्जिनियर अनिल बस्नेतले प्राविधिक कुनै समस्या नभएको बताउनुभयो । एयरपोट स्तरबृद्धिका लागी प्रसस्त सम्भावना भएको बताउदै उहाले १५ सय मिटरको धावन मार्ग बनाउन कुनै समस्या नभएको बताउनुभयो ।

तुलसीपुर उद्योग बाािण्ज्य संघको अध्यक्षतामा भएको कार्यक्रममा उहाले एयरपोटको चिरा भर्नलाई पुर्व र पश्चिम तर्फको केहि माटो लगेर भर्न सकिने अवस्थाको रहेको ईन्जिनियर बस्नेतले बताउनुभयो


सो अवसरमा राष्ट्रिय सभा सदस्य जग प्रसाद शर्मा , तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डे, दाङ उद्योग बाािण्ज्य संघका अध्यक्ष टंकसिंह बुढाथोकी, तुलसीपुर क्षेत्रका क्रियाशिल राजनितिक दलका प्रतिनिधि, विभिन्न सामाजिक संघसंस्था तथा सरोकारवालहरुको उपस्थित रहेको थियो । कार्यक्रमको सहजीकरण संघका प्रेस सल्लाहकार शरद रेग्मीले गर्नुभएको थियो ।

२०११ सालमा स्थापना भएको टरिगाउँ विमान स्थलको धावन मार्ग अहिले ७५० मिटरको भएकाले साना सिटे जहाजले उडान भर्दै आएको छ । धावनमार्ग स्तरोन्नती गरी १२ देखी १५ सय मिटर बनाउन सके ७२ सिटे जहाज उडान गर्न सकिने र हवाई यातायात सहज हुने सरोकारवालाहरुले बताएका छन् । पुरानो एयरपोटको स्तरबृद्धिका लागी राज्यले तदारुकता नदेखाएको भन्दै विगत केहि महिना देखी तुलसीपुर उद्योग बाणिज्य संघको अघुवाईमा सरोकारवालाहरुले दबाब दिन सुरु गरेका छन् ।