गाउँपालिकाले सम्झियो ११६ पूर्वजनप्रतिनिधि

तुलसीपुर
२६ फागुन / दाङको बबई गाउँपालिकाले पूर्वजनप्रतिनिधिहरुलाई सम्मान गरेको छ । गाउँपालिकाले विहीबार साविक पञ्चकुले र पुरन्धारा गाविसका सबै जनप्रतिनिधिलाई सम्मान गरेको हो ।

तत्कालिन जनप्रतिनिधिहरुले विकासकालागि खेलेको भूमिका, लोकतान्त्रिक आन्दोलनमा खेलेको भूमिकाको उच्च मूल्यांकन गर्दै सम्मान गरिएको गाउँपालिकाका अध्यक्ष भुवनेश्वर पौडेलले बताउनुभयो ।“लोकतान्त्रिक आन्दोलनमा उहाँहरुको भूमिका महत्वपूर्ण थियो, यहाँको विकासकालािगपनि उहाँहरुले खेलेको भूमिकाम हत्वपूर्ण छ”,उहाँले भन्नुभयो“त्यसैले पनि उहाँहरुको योगदानलाई हामीले मूल्यांकन गरेर सम्मान गरेका हौं ।”

सबै स्थानीय तहले पुराना जनप्रतिनिधिहरुलाई सम्मान गर्नुपर्ने गाउँपालिकाका उपाध्यक्ष सावित्रा विश्वकर्माले बताउनुभयो ।“हामीले स्थानीय तहमा नमूना कार्य गरेका छौं”,उहाँले भन्नुभयो“यो सबै स्थानीय तहले यसरी नै सम्मान गर्नुपर्छ ।”

तत्कालिन गाविसका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष तथा सदस्यहरुलाई सम्मान गरिएको हो । गाउँपालिकामा रहेका पूर्वजनप्रतिनिधिहरु ११६ जना रहेको भन्दै सबैलाई सम्मान गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिृकत भिष्मकुमार मल्लले बताउनुभयो ।

May be an image of 1 person and standing


उहाँका अनुसार ति मध्ये केही जनप्रतिनिधिको मृत्यु भइसकेको र केही जनप्रतिनिधि देशभन्दा बाहिर रहेको भन्दै त्यस्ता जनप्रतिनिधिका परिवारलाई पनि सम्मान गरिएको हो । गाउँपालिकाले साबिक पञ्चकुले र पुरन्धाराका २०४९ र २०५४ सालका ११६ जना जनप्रतिनिधिलाई सम्मान गरेको हो । गाउँपालिकाले पूर्व जनप्रतिनिधिहरुलाई सम्मान गर्नु नयाँ अभ्यास भएको उनीहरुको भनाई छ ।

२५ बर्ष अघिका जनप्रतिनिधिहरुलाई एउटै थलोमा भेटाउने गरि आयोजना गरिएको यो कार्यक्रम निकै प्रभाबकारी भएको २०५४ सालका साविक पञ्चकुले गाविसका उपाध्यक्ष कृष्णप्रसाद चौधरीले बताउनुभयो । उहाँले पुराना कुरा पनि सम्झिदै भन्नुभयो“त्यतिबेला हामीले २ ढाई लाख बजेट मात्रै पाउथ्यौं, त्यसमा पनि १ लाख ९५ हजार मात्रै चलाउन पाईन्थ्यो, तर, अहिले वडामै २० औं, ३० औं लाख बजेट जान्छ ।”

बजेटले नै विकासको निर्धारण गर्ने भन्दै अहिले सरकारका रुपमा मान्यता पाएका स्थानीय तहले विगत भन्दा धेरै बजेट पाउने र विकास पनि राम्रै गरेको २०५४ सालका तत्कालिन पुरन्धारा गाविकासका उपाध्यक्ष खिमबहादुर खत्रीले बताउनुभयो ।

त्यतिबेला जनप्रतिनिधिहरुलाई सेवा सुविधा पनि नभएको र अलिहे जनप्रतिनिधिहरुलाई सेवा सुविधा पनि भएकाले पनि धेरै सहज भएको उहाँको भनाई थियो । कार्यक्रमको सहजीकरण गाउँपालिकाको प्रेस संयोजक प्रेम राम्जाले गरेका थिए ।