तुलसीपुर
२६ फागुन / जहाँ आफै‘भ्यूटावर’जस्ता डाँडाकाडाहरु छन् । त्यहाँ भ्यूटावर निर्माण गरिएको छ । जसको उद्देश्य हो–पर्यटन प्रबद्र्धन गर्ने । तुलसीपुर उपमहानगरपालिका वडा नं. १९ स्थित छिल्लीकोटमा तुलसीपुर उपमहानगरपालिकाको बजेटमा छिल्लीकोटबाट आफै पनि उत्तरी क्षेत्रका हिमालहरु देखिन्छन् । सिस्ने हिमाल, धौलागिरी हिमाल त्यहाँबाट देख्न सकिन्छ । त्यहाँबाट दाङका फाँटहरु देख्न सकिन्छ । रुकुम,सल्यान, रोल्पालगायत बाँके जिल्लाका केही स्थानहरु त्यहाँबाट अवलोकन गर्न सकिन्छ । ऐतिहासिक, धार्मिक तथा पर्यटकीय हिसाबले उत्तम मानिएको त्यस क्षेत्रमा पुग्ने सडक भने गतिलो छैन । सुन्दर दृष्य हेर्न जानेहरु धुलाम्मे हुनुपर्छ । ठूला गाडीलाई केही सहज भएपनि मोटरसाईकलमा जाँदा धुलाम्मे हुने अबस्था छ ।
१५/१६ औं शताब्दीमा राजा मेघनाथ शाहले राज गरेको ठाउँ छिल्लीकोटमा पर्यटनको आकर्षणको केन्द्र भनि बनरिहन्छ । त्यहाँ अहिले वेलझुण्डी र संग्राम ब्यारेक गरेर दुई वटा सडकबाट छिल्ीलीकोट पुग्ने गरिन्छ । त्यहाँबाट ७ किलोमिटर हिडेपछि ऐतिहासिक तथा पर्यटकीय क्षेत्र छिल्लीकोट पुग्ने गरिन्छ । बिजौरीको हाडिमे हुँदै छिल्लीकोट पुग्ने सडक अहिले कालोपत्रै हुँदैछ । त्यो सडक कालो पत्रे भएपछि भने पर्यटकहरु सहजै छिल्लीकोट पुग्न सक्नेछन् ।
सोनापुर सिमेन्ट उद्योगले रिचेगोदेवाट चुनढुंगा ल्याउनकालागि खनेको सडकमा अहिले छिल्लीकोट पुग्ने गन्तब्य बनेको छ । तर, निकै धुलाम्य हुन्छ । विजौरी, बेलझुण्डीबाट हिडेको मान्छेको स्वरुप छिल्लीकोट पुग्दा अर्के भईसक्छ । मतलव मान्छे चिन्न पनि हाम्मे–हाम्मे पर्छ । तर, हिम्मत पनि हारेका छैनन् । शरिर धुलाम्य किन नहोस्, छिल्लीकोट पुग्नै पर्छ, भन्ने मान्छेहरु पनि कम हुँदैनन् ।
मोटरसाईकल, स्कुटर मात्रै होईन्, तुलसीपुरबाट धुलाम्य हुँदै छिल्लीकोट अवलोकन गर्नेहरुको संख्या पनि कम छैन् । कोही बाटोमा सिमेन्ट उद्योगका टिप्पर भेटिएपनि रोकर त्यसमै चढेर पुग्छन्, भने छिल्लीकोट पुग्ने जो कोही गाडीहरु भेटिएपनि रोक्दै गाडीमा चढ्दै गर्छन् । विजौरी, बेलझुण्डीदेखि छिल्लीकोट जाने बाटोमा दिउँसो प्रायः छिल्लीकोट पुग्ने पर्यटकहरुको घुइँचो लाग्ने गर्छ । छिल्लीकोट पुग्ने सडक कालोपत्रे भएपछि सहज सहज रुपमा आवत जावत हुनेछ । यसले पर्यटकको संख्यालाई थप बृद्धि गर्ने स्थानीय पूर्ण पुनले बताए । उनले भने ‘सडक व्यवस्थित भएमा यहाँ पर्यटकको घुँँइँचो लाग्ने गर्छ ।’
१५/१६,औ शताब्दीमा जुम्लाबाट आएका चल्ल वंशीय राजा मेघनाथ शाहले राज्य सञ्चालनका लागि रोजे र राज्य सञ्चालन गरे यो भन्दा पहिले यस ठाँउको नाम धार्मिक शास्त्रअनुसार (मल्लागिरी), पर्वत (पहाड) हो । अर्थात छिल्लीकोटको प्राचीन नाम मल्लागिरी हो । पुर्णागिरी भारतमा पर्दछ, भने चन्द्रागिरी काठमाँडौको उत्तरी भू–भागमा पर्दछ । छिल्लीकोटमा कालिका–मालिका देवी भगवतीको मन्दिर निर्माण भएको छ ।
मन्दिर पुग्नकालागि सीडी पनि निर्माण गरिएको स्थानीय पूर्ण पुनले बताए । छिल्लीकोटबाट खुमखानी राजाले राज गरेको स्थान पनि देखिन्छ । कुनै समय छिल्लीकोट राजा र खुमखानी राजा आपसमा लडेको र त्यतिबेला छिल्लीकोटे राजाले खुमखानी राजालाई प्रहार गर्ने तोप पनि ऐतिहाँसिक बस्तुका रुपमा हेर्न सकिन्छ । त्यहाँ छिल्लीकोटे राजा बसेको घर र बस्न प्रयोग गरेका ढुंगाका अवशेषहरु पनि हेर्न सकिन्छ ।
त्यसले त्यहाँको जीवनस्तर पनि निकै माथि उठाएको छ । सुमुन्द्र सतहदेखि १४१० मिटर रहेको छिल्लीकोट तुलसीपुर १९ मा पर्छ । जुन रोल्पाको रुटीगढी गाँउपालिकाको सीमाना पनि पर्छ । त्यहाँ कालिका, मालिका, गणेश थान, भैरवथान, शिवजी थान, हवन कुण्ड, रक्तकुण्ड, वुद्धढुङ्गा, गुप्तेश्वरी गुफा, छिल्लीकोट राजगडी, राजमाको टोप, राजाका शिलाढुङ्गा चौकी, इन्द्र चोक, टुडीखेललगायत छन् । नेपाल एकीकरण गर्ने सिलसिलामा राजेन्द्र लक्ष्मीदेवी शाह गद्दीमा बसेको बेला पृथ्वी नारायण शाहका भाई बहादुर शाह नायक बनि नेपाल एकीकरण गर्ने क्रममा छिल्ली राज्य गाभिएको हो ।
छिल्लीकोटबाटै मालपोत कार्यालय पनि सञ्चालनमा आएको थियो । सरकारले क्षेत्रलाई अधिकार दिने काममा बटौली खसेउली वर्तमान बुटवल साशन गर्नका नेपालगञ्जमा गोश्वारा स्थापना भई शासन प्रशासन जमिन्दार, पटवारी मुखिया तालुकदार, मतवा स्थापना भई शासन प्रशासन सञ्चालनमा आएपछि मालपोत कार्यालय माल अड्डाले हेर्ने टुंगो लागेको थियो । त्यो माल कार्यालय तत्कालिन दाङको सदरमुकाम छिल्लीकोटमा रहेको थियो । २००६ सालसम्म त्यहाँ मालपोत कार्यालय रहेको प्रमाणहरु अहिले पनि सुरक्षित छन् । अर्कोतर्फ धार्मिक रुपमा संसारमा रहेका तीनवटा गिरी मध्ये पुर्णागिरी भारतमा पर्दछ । चन्द्रागिरी काठमाडौंमा पर्दछ भने मल्लागिरी दाङको छिल्लीकोटमा पर्दछ । यहाँ सतीदेवीको अंग पतन भई कालिका मालिका देवी भगवती उत्पती भएको विस्वास गरिन्छ । पछि छिल्ली राजाले देवकोटा व्राहमणलाई पुजारी राखी कालिका मालिका भगवती मन्दिर बनाई विधिपूर्वक पुजा आजा गर्ने चलनको शुरुवात गरेका हुन् । राजाले भोटबाट लामा गुरु बोलाई बुद्ध ढुंगाको समेत पूजा चलाएको किम्बदन्ती छ । पछि आएर २००६, सालदेखि ०२२, सालसम्म यहाँकै भगवतीले रुचाएर अमृता घर्ती मगरलाई ओलप्पाई माताका रुपमा प्रकट गरेको मानिन्छ ।
यीनै कुराहरु छिल्लीकोटका सुन्दरता हुन् । ऐतिहासिक र धार्मिक कुराहरुलाई लिएर अहिले संघीय, प्रदेश र स्थानीय तहले छिल्लीकोटलाई दाङकै एउटा प्रमुख पर्यटनको केन्द्रका रुपमा विकास गर्ने योजना अघि सारेका छन् । सोही अनुसार बर्षेनी बजेट विनियोजन भइरहेको छ । करोडौं बजेट छिल्लीकोटमा गएको छ । यो बजेटले काम पनि भइरहेको छ । त्यहाँका नागरिकको जीवन स्तर पनि सुधार हुँदै गएको छ । ‘कुनै समय विजौरीबाट पैदल हिडेर छिल्लीकोट पुग्नुपर्ने अबस्था थियो’, स्थानीय ओमप्रकाश पुनले भने ‘अहिले हिलाम्मे, धुलाम्मे जे भएपनि छिल्लीकोटमै सडक पुगेको छ, यसले निकै सहज भएको छ ।
विक्री भएन अदुवा
दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं.१९ छिल्लीकोटका किसानले लगाएको अदुवा विक्री भएको छैन । अदुवा विक्री नहुँदा किसानहरु चिन्तित बनेका छन् । गएको बर्ष एकलाख रुपौया प्रति क्वीन्टल विक्री हुने गरेको भएपनि यस बर्ष भने ३०÷३५ हजार रुपैँया क्वीन्टलमा पनि विक्री हुन नसकेको स्थानीय अगुवा प्रविर पुनले बताए । “गएको बर्ष एकलाख रुपैँया क्वीन्टलसम्म विक्री गरेका थियौं”,उनले भने “यस बर्ष त ३०÷३५ हजार रुपैँया पार्न पनि गाह्रो भयो ।”
त्यहाँका १३५ किसानले अदुवा खेति गर्ने गर्छन् । छिल्लीकोट राम्रो अदुवा उत्पादन हुने भएकाले प्रत्येक घरले अदुवाको खेति गर्ने गर्छन् । बार्षिक प्रति घरले ३०/३५ क्वीन्टल अदुवा उत्पादन गर्ने गरेको स्थानीय पूर्ण पुनले बताए । “छिल्लीकोटमा राम्रो अदुवा उत्पादन हुन्छ । सबै घरले अदुवा लगाउने गुर्नभएको छ”,उनले भने “ प्रति घर ३०÷३५ क्वीन्टल जति उत्पादन हुनेगर्छ ।” यस बर्ष भाउ नपाउँदा अदुवा बोटमै कुहिने अबस्था आएको उहाँको भनाई छ । गएको बर्ष १० हजार रुपैँया क्वीन्टल विउ किनेर अदुवा खेति गरेको भएपनि भाउ नपाउँदा सुठो बनाएर राख्ने गरिएको छ ।
ब्यबसायिक रुपमै खेति गर्ने गरि आफूहरु अघि बढेको भएपनि सरकारबाट कुनै सहयोग नहुँदा आफूहरुले हरेस खाएको उनले बताए । “हामीले व्यबसायिक अदुवा खेति गर्ने गरि अगाडी बढेका थियौं”,उनले भने“तर, सरकारबाट कुनै सहयोग नहुँदा हामीले हरेस खाईसकेका छौं ।” सरकारले वीमाको ब्यबस्था गर्नु पर्ने समेत उहाँको भनाई छ ।
‘मल्लागिरी’को उत्पादन घट्यो
विश्वमै लोपन्मुख रहेको सुगन्धकोकिला(मल्लागिरी) उत्पादन यस बर्ष घटेको छ । बर्षादले गर्दा सुगन्ध कोकिलाका दाङ तुलसीपुर उपमहानगरपालिपका वडा नं. १९ छिल्लीकोटमा पाईने सुगन्धकोकिला उत्पादनमा गिरावट आएको हो । विगतका बर्षमा पाँचसय क्वीन्टल जति उत्पादन हुने गरेकोमा यस अघि २५० क्वीन्टलपनि मुस्किलले उत्पादन भएको स्थानीय अगुवा प्रविर पुनले बताए । “विगतका बर्ष पाँचसय क्वीन्टल उत्पादन हुने गथ्र्यो”, उनले भने “ तर, गएको बर्ष चैततिरको असिनासहितको बर्षादले गर्दा फूल झारिदिएपछि उत्पादन आधा भन्दा कम मात्रै भएको छ ।”
विश्वमै लोपन्मुख मानिएको उक्त प्रजाति छिल्लीकोटमा पाईन्छ । त्यसले नै त्यहाँको जीवनस्तर माथि उठाउने गरेको छ । सुगन्धकोकिलालाई प्रति किलो पाँचसयमा बिक्री गर्ने गरेको अर्का स्थानीय पुनले बताए ।“हामीहरुले पाँचसयमा विक्री गर्ने गर्छौ, तर, यहाँबाट लिएर साहुजीले ६ सय प्रतिकिलोमा बाहिर पठाउनु हुन्छ ।”,उनले भने ।
घोराहीमा व्यापारिहरुसंग सम्पर्क गरेर त्यहाँबाट सुगन्धकोकिला विक्री गर्ने गरिन्छ । त्यो सुगन्ध कोकिला बाहिरी देशमा पठाउने गर्छन् । यहाँबाट कच्चा पदार्थ लिएपछि के–के बन्छ, भन्ने कुरा आफूहरुलाई थाहा नभएको स्थानीय जिवराज रेउलेले बताए ।“यहाँबाट हामीले कच्चा पदार्थ बेच्छौं, त्यसबाट उच्च स्तरको सेन्ट, अगरबत्ति बनाउन प्रयोग हुन्छ, भन्ने सुनिएको छ”,उनले भने“तर, अरु के मा प्रयोग हुन्छ, भन्ने कुरा आफूहरुलाई पनि त्यति जानकारी छैन ।”
एउटा रुखले दुईसय किलोसम्म दिने गर्छ । एउटै रुखबाट ४० हजारदेखि माथि आम्दानी लिन सकिने उनले बताए । छिल्लीकोटका १० गाउँका १३५ घरले नै सुगन्ध कोकिलाबाट आम्दानी लिने गरेका छन् । सबैले प्रायः सुगन्ध कोकिलाबाटै आम्दानी लिने गर्छन् । प्रत्येकको घरमा १० देखि माथि सुगन्ध कोकिलाका रुखहरु रहेका छन्, भने सामुदायिक बनमा पनि सुगन्ध कोकिला रहेको छ।सामुदायिक बनमा रहेको सुगन्ध कोकिलालाई गाउँलेले सामूहिक आम्दानी लिने गरेको स्थानीय प्रविर पुनले बताए ।
कहिले कहीँ, त्यहाँ उत्पादन भएको सुगन्धकोकिलाले बजार नपाउने पनि समस्या छ । त्यसकालागि चिस्यान केन्द्र स्थापना केन्द्र स्थापना गरिदिनुपर्ने उनीहरुको माग छ । त्यतिमात्रै होईन्, संसारमा लोपन्मुख रहेको सुगन्धकोकिलालाई संरक्षण गर्न पनि राज्यले ध्यान दिन नसकेको पुनको गुनासो छ ।“पहिले–पहिलेका रुखहरु पनि सुक्दै जान थालिसकेका छन्, हामीले संरक्षणकालागि केही विरुवा त रोपेका छौैं”,उनले भने“यसमा सरकारले पनि संरक्षणमा पहल गरे, यहाँका स्थानीयको आम्दानीको स्रोत पनि बढ्ने र रुख संरक्षण हुनेथिए ।”
पहिल्लो समय बन कार्यालयले त्यहाँ केही रुखहरु रोपेको भएपनि त्यसलाई संरक्षण गर्न कुनै चासो नदेखाएको समेत उनको भनाई थियो । सुगन्धकोकिला पबित्र हुने भएकाले धार्मिक कार्यकालागि पनि सुगन्ध कोकिला प्रयोग हुने, पातबाट पनि तेल समेत निकाल्न सकिने उनले बताए । त्यति मात्रै होईन पिपल पछि दोस्रो बढि अक्सिजन दिने रुखका रुपमा समेत रहेकाले यसको संरक्षण आबश्यक रहेको स्थानीय पूर्ण पुनले बताए ।
सुगन्ध कोकिला समुद्र सतहदेखि १५ मिटरको दुरीमा हिमालको हावा आउने तर्फको जंगलमा रहनेगर्छ । यसले विरुवा रोपेको ४ बर्षदेखि उत्पादन दिन सक्ने समेत उनले बताए। यसलाई अलि ब्यबिस्थत गर्न सकिए देशलाई नै आर्थिक हिसाबले टेवा पुग्ने उनको भनाई थियो । अहिले जंगलमा रहेका नयाँ रुपलाई जोगाउने कार्यमा आफूहरु सक्रिय रहेको स्थानीयको भनाई छ ।
सुगन्धकोकिला संरक्षण तथा बजारिकरणकालागि पहल थाल्ने वडाध्यक्ष रामबहादुर योगीले बताए । “त्यहाँका क्षेत्रका बासिन्दाको मुख्य आम्दानीको स्रोत मल्लागिरी नै हो”,उनले भने“यसलाई संरक्षण र उत्पादन भएको मल्लागिरीलाई बजारिकरणकालागि पहल गरिरहेका छौं ।” साभारः अग्रिम साप्ताहिक
लाइभदाङ । २६ फाल्गुन २०७८, बिहीबार ०८:४० बजे