राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपालको तेश्रो सल्यान जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व चयन

सल्यान, २४ फागुन ।

नेकपा एमाले निकट राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपालको तेश्रो सल्यान जिल्ला अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले देवेन्द्र कुमार सेनलाई अध्यक्षमा चयन गरेको छ । मंगलबार सम्पन्न अधिवेशनबाट राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपाल, सल्यान शाखाको उपाध्यक्षमा शिसिर रिजाल र हुमा थापा मगर, सचिववमा लोक बहादुर बस्नेत, कोषाध्यक्षमा ओम प्रकाश वलीलाई सर्वसहमत रुपमा चयन गरेको हो । १५ सदस्यीय जिल्ला कमिटी चयन भएको स्वास्थ्यकर्मी श्रीधर लामिछानेले जानकारी दिएका छन् ।

यस्तै राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपाल कपुरकोट गाउँपालिकाको पििहलो अधिवेशन पनि सम्पन्न भएको छ । प्रथम अधिवेशनबाट धन बहादुर घर्ती अध्यक्ष, वीर बहादुर थापा उपाध्यक्ष र गंगा राना सचिववमा चयन भएका छन् । यस्तै पहल रोका कोषध्यक्ष, अतिरारम खड्का सहसचिव तथा टेक कुमारी पुन र टिका बुढा सदस्यमा चयन भएका छन् ।


जिल्ला तथा गाउँपालिका अधिवेशनको एक साथ नेकपा एमाले सल्यानका उपाध्यक्ष तथा कपुरकोट गाउँपालिकाका अध्यक्ष भिम बहादुर सेनले उद्घाटन गरेका थिए । सो अवसरमा बोल्दै उनले सम्पूर्ण सदस्यहरुले आफ्नोपन महसुस गर्ने, माया र विश्वास गर्ने संस्थाको रुपमा संगठनलाई स्थापित गर्न नवनिर्वाचित कमिटीलाई सुझाव दिएका थिए । राष्ट्रिय स्वास्थ्यकर्मी संघ भनेको वाम विचारधारा अंगिकार गर्ने तथा जनताको बहुदलीय जनवादलाई राजनैतिक दर्शनको रुपमा स्वीकार गर्ने विशेषज्ञ चिकित्सकदेखि महिला स्वास्थ्य स्वयमसेविका समेत अटाउने बृहत जनसंगठन भएकाले यसको सुदृढिकरण गर्दै लैजानुपर्नेमा उनको जोड थियो ।

कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी सदस्य रुपक बुढा, नेपाल निजामती कर्मचारी संगठन कपुुरकोटटका उपाध्यक्ष डिल बहादुर बुढाथोकी, स्वास्थ्यकर्मी संघ बनगाड कुपिण्डे नगरपालिकाका अध्यक्ष कमल खड्का, सनतोषि राउत लगाएतकाले मन्तव्य राखेका थिए । २०६२ साल जेष्ठमा ’राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपाल’ को स्थापना भएको थियो । र २०६५ साल असार ११ गतेका राष्ट्रिय स्वास्थ्यकर्मी संघ, नेपाललाई स्वास्थ्यकर्मीहरुको राष्ट्रिय स्तरको ट्रेड युनियनका रुपमा श्रम विभागमा दर्ता गरिएको थियो ।।