रुकुममा आगलागीमा परी एकजनाको मृत्यु

रुकुम पश्चिम, ९ बैशाख ।
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्बर ३ नेपानेको दारकाट्यामा आगलागीमा परेर एक वृद्धाको ज्यान गएको छ । आज दिउँसो स्थानीय ढारपाखा सामुदायिक वनबाट फैलिएको आगो गाउँमा पस्दा स्थानिय ७० वर्षीया बुदी कामीको मृत्यु भएको प्रहरीले जनाएको छ ।


प्रहरीका अनुसार घरमा आगो सल्केपछि घरभित्र रहेका गहना निकाल्न भन्दै घरभित्र छिरेकी कामीको जलेर मृत्यु भएको हो । वन क्षेत्रबाट गाउँतर्फ फैलिएको आगोले तीन वटा घर जलेर नष्ट भएका छन् ।