तुलसीपुर
२१ फागुन / माओवादी केन्द्र निकट युवा संगठन योंग कम्युनिष्ट लिग (वाईसिएल)को तुलसीपुर नगर सम्मेलन यही फागुन २८ गते हुने भएको छ ।
त्यसकालागि हेमेन्द्र शाहीलाई जिम्मेवारी तोकिएको छ । तुलसीपुर बजार स्थित उद्योग बाणिज्य संघको हलमा सम्मेलन हुन लागेको शाहीले बताए ।
उनका अनुसार २८ गते विहान ११ बजे बजार परिक्रमा गरेर १२ बजेदेखि कार्यक्रम सुरु गर्ने तयारी रहेको छ । सम्मेलनले नयाँ नेतृत्व चयन गर्नेछ ।
सम्मेलन राष्ट्रियसभा सदस्य तथा पार्टीका केन्द्रीय सदस्य जगप्रसाद शर्मा‘अपार’को प्रमुख आतिथ्यतामा हुने भएको छ । साथै सम्मेलनमा सहभागिताकालागि सबैलाई अनुरोध समेत गरिएको छ ।
लाइभदाङ । २१ फाल्गुन २०७८, शनिबार १०:२४ बजे