राप्ती राजमार्ग, तुलसीपुर क्षेत्र, सरोकार मंच कार्यदलको बैठक सम्पन्न

दाङ, १५ भदौ ।
राप्ती राजमार्ग, तुलसीपुर क्षेत्र, सरोकार मंच कार्यदलको बैठक शुक्रबार तुलसीपुरमा सम्पन्न भएको छ ।

मंचका अध्यक्ष नबराज लामीछानेको अध्यक्षतामा सम्पन्न बैठकले राप्ती राजमार्गले तुलसीपुर बजारको “क” लाइनमा पारेको असर र समाधानका उपाएहरुका बिषयमा ध्यानाकर्षण पत्र तयार गरेको सदस्य सचिव चेतन रेग्मीले जानकारी दिनुभएको छ ।


पहिलो चरणमा स्थानिय निकाय त्यसपछी क्रमैसंग प्रदेश र केंद्र सरकारको ध्यानाकर्षण गराईने निर्णय भएको रेग्मीले बताउनुभयो ।