लायन्स क्लब अफ देउखुरीकाे चार्टर्ड नाईट तथा सम्मान कार्यक्रम सम्पन्न

दाङ २० फागुन ।

लायन्स क्लब अफ ईन्टरनेशनल डिष्ट्रिक ३२५ बि २ अन्तर्गत हामी सेवा गर्छाैं भन्ने मुल नाराका साथ स्थापित लायन्स क्लब अफ देउखुरीले चार्टर्ड नाईट तथा सम्मान कार्यक्रम हाेटेल ए१ लभ्लि देउखुरीमा सम्पन्न भएकाे छ ।

लायन्स क्लब अफ देउखुरीका चार्टर्ड अध्यक्ष लायन रेशम बहादुर खड्काकाे अध्यक्षता लायन्स क्लब अफ ईन्टरनेशनल डिष्ट्रिक ३२५ बि २ का पास्ट डिष्ट्रिक गभर्नर लायन मधुसुदन शर्माकाे प्रमुख आतिथ्यता एवम लमहि नगरपालिकाका प्रमुख कुल बहादुर के सि, लायन्स क्लब अफ ईन्टरनेशनल डिष्ट्रिक ३२५ बि २ का पास्ट डिष्ट्रिक गभर्नर लायन शेम शाक्य, लायन्स क्लब अफ ईन्टरनेशनल डिष्ट्रिक ३२५ बि एन का प्रथम उपाध्यक्ष लायन मुकुट ढकाल लायन्स क्लब अफ ईन्टरनेशनल डिष्ट्रिक ३२५ बि एन का द्वितिय उपाध्यक्ष लायन विनाेद कुमार श्रेष्ठकाे बिशिष्ठ आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा काेभिड १९ सङ्क्रमणकाे समयमा अत्यावस्यक परेकाे अक्सिजन सिलिन्डर सहयाेग, अग्नि पिडितहरुलाई खाध्यान्न तथा अन्य सहयाेग एवम सडक मानवहरुलाइ सहयाेगका लागि लायन्स क्लब अफ देउखुरीकाे विशेष पहलमा हातमा हात जाेडेर नगद तथा अन्य सहयाेग गर्ने मनकारि सहयाेगि दाता हरुलाई सम्मान गरियकाे थियाे ।


लायन्स क्लब अफ स्वर्गद्वारी, रक्षाचाैरकाे स्पाेनरशिप तथा लायन्स क्लब अफ स्वर्गद्वारीका चार्टर्ड अध्यक्ष लायन सम्शेर थापा, पुर्व अध्यक्ष एवम लायन्स क्लब अफ ईन्टरनेशनल डिष्ट्रिक ३२५ बि एन एरिया नं २ का एरिया चिफ लायन धुर्व गाैतम, अध्यक्ष लायन तारा पाेख्रेल एवम प्रथम उपाध्यक्ष लायन कृष्ण कुमार गिरिकाे गाईडेन्समा स्थापित उक्त क्लब लाई लायन्स क्लब देउखुरीका अध्यक्ष , पदाधिकारि तथा सदस्यहरुलाई सम्युक्तरुपमा चार्टर्ड पेपर हस्तान्तरण गरियकाे थियाे ।

उक्त कार्यक्रममा गभर्नर अफ सर्टिफिकेट बाट लायन्स क्लब स्वर्गद्वारीका चार्टर्ड अध्यक्ष लायन सम्सेर थापा, लायन्स क्लब अफ देउखुरीका चार्टर्ड अध्यक्ष लायन रेशम बहादुर खड्का द्वितीय उपाध्क्ष सवि अिधकारि ,लायन्स क्लब अफ ईन्टरनेशनल डिष्ट्रिक ३२५ बि २का डिष्ट्रिक चिफ लायन युवराज थपलिया र गभर्नर अफ पिनबाट लायन्स क्लब अफ देउखुरीका काेषाध्क्ष लायन कृष्ण प्रसाद भट्टराई सम्मानित हुनु भएकाे थियाे । उक्त चार्टर्ड नाईट तथा सम्मान कार्यक्रममा लायन्स क्लब अफ ईन्टरनेशनल डिष्ट्रिक ३२५ बि ३ का एरिया चिफ लायन टेकन प्रसाद कडेल, लायन युवराज थपलिया, लायन्स क्लब स्वर्गद्वारीका पुर्व अध्यक्ष लायन सुरेन्द्र बहादुर खड्का, लमहि नगरपालिकाका मेयर कुल बहादुर के सि तथा सम्मानित दाता हरुकाे तर्फबाट दाता बिजय गाैतमले क्लवले गरेका गितिविधकाे बारेमा उच्च प्रशम्सा गर्दै आगामि दिनहरुमा यश क्लबले सामाजिक क्षेत्रमा उल्लेख्य कार्य गर्न सफलता मिलाेस भन्ने शुभकामना ब्यक्त गर्नु भएकाे थियाे ।

लायन्स क्लव अफ देउखुरीका सदस्य लायन मधु न्याैपानेकाे स्वागत मन्तब्यबाट शुरु भएकाे कार्यक्रमकाे सहजिकरण लायन्स क्लव अफ देउखुरीका काेषाध्क्ष लायन कृष्ण प्रसाद भट्टराईले गर्नुभएकाे थियाे भने क्लबले स्थापनादेखि हाल सम्म गरेका गतिविधिका विषयमा लायन्स क्लव अफ देउखुरीका सदस्य लायन मदन चाैधरिले प्रस्तुतिकरण गर्नुभएकाे थियाे ।