काठमाडौं १९ फागुन ।
नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।
यसअघि मूल्य बढाएको दुई हप्ता नबित्दै निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको हो ।
निगमले आज राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर पाँच रुपैयाँले बढाएर १५० रुपैयाँ तय गरेको छ । डिजेल/मट्टीतेलको मूल्यमा पनि प्रतिलिटर पाँच रुपैयाँले बढाएर १३३ रुपैयाँ तोकिएको छ ।
साथै हवाई इन्धनको मूल्य पनि यथावत राखेको छ ।यसअघि निगमले फागुन ७ गते पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो ।
यसैगरी निगमले स्थायी कर्मचारीलाई दिँदै आएकाे पाेसाक संरक्षण भत्ता पनि स्थगित गरेकाे छ ।
निगमले मार्चमा इन्डियन आयल कर्पाेरेसनलाई भुक्तानी गर्न अपुग हुने साढे चार अर्ब मूल्य स्थिरीकरण काेषबाट उपलब्ध गराउन पनि सरकारसँग माग गरेको छ ।
हेर्नुहोस् विज्ञप्ति :
लाइभदाङ । १९ फाल्गुन २०७८, बिहीबार २२:०६ बजे