टोल विकास संस्थाका पदाधिकारीलाई नेतृत्व विकास तालिम

तुलसीपुर
१९ फागुन / तुलसीपुर उपमहानगरपालिका वडा नं.१५ मा टोल विकास संस्थाका पदाधिकारीहरुलाई नेतृत्व तथा क्षमता विकास तालिम सञ्चालन भउको छ ।

बुधबारदेखि दलित कल्याण संघ दाङको आयोजनामा तालिम सुरु भएको हो । संघका अध्यक्ष नरसिंह बिकको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका वडा नं. १५ का वडाध्यक्ष लक्षमण चौधरीको प्रमुख आतिथ्यता एवं निवर्तमान कार्यपालिका सदस्य जानका रेग्मीको बिशिष्ट आतिथ्यमा तालिम उद्घाटन गरिएको हो ।


त्यस अवसरमा वडा सदस्य झुपलाल बुढाथोकी, वडा सचिव अमृत दहाल,छबि परियारलगायतले मन्तव्य ब्यक्त गरेका थिए । कार्यक्रमका प्रशिक्षकमा निर्मल नेपाली र छवि परियार रहेका छन्, कार्यक्रमको सहजीकरण सस्थाका सचिब सन्तोष चनाराले गरेका थिए ।

निवर्तमान ्कार्यापालिका सदस्य जानका रेग्मीको बिनियोजित बजेटबाट उक्त तालिम सञ्चालन भएको हो । तालिम शुक्रबार सम्म चल्नेछ ।