तुलसीपुरमा जीप र स्कुटर ठोक्किदा चालकको मृत्यु

तुलसीपुर
१५ फागुन / दाङमा जीप र स्कुटर एक आपसमा ठोक्किदा एक ब्यक्तीको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार लु १ च ६२८९ नम्बर जीप र रा ५ प ९०६६ नम्बमा एक आपसमा ठोक्कदा स्कुटर चालकको मृत्यु भएको हो ।


आइतबार साँझ ७ बजेतिर भएको दुर्घटनामा परि गम्भीर घाइते भएको स्कुटर चालक तुलसीपुर १७ निवासी ३४ बर्षीय ताराबहादुर केसीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

तुलसीपुर १८ डाँडागाउँमा उक्त दुर्घटना भएको हो ।