एनप्यावसन दाङको बैठक

तुलसीपुर
१४ फागुन /
नेशनल प्याव्सन दाङको वैठक आज सम्पन्न भएको छ । नेशनल प्याव्सन दाङका अध्यक्ष विमल गौतमको अध्यक्षतामा सम्पन्न भएको वैठकले यहि फागुन २२ र २३ गते वाकेको नेपालगञ्जका हुन लागेको सातौ महाधिवेशनलाई भव्य रुपमा सम्पन्न गर्ने निर्णय गरेको छ ।

छिमेकि जिल्लामा हुन लागेको ऐतिहासिक महाधिवेशन लाई भव्य एवम उत्साहजनक रुपमा सम्पन्न गर्न सवै खाले सहयोग गर्ने निर्णय गरेको छ । त्यसैगरि वैठकले सडक मार्ग भएर पुर्व वाट आउने सहभागिहरुलाई स्वागत गर्नका लागि दाङको भालुवाङमा स्वागत द्वार निर्माण गर्ने निर्णय गरेको छ भने अधिवेसनका लागि जिल्लाका सवै विद्यालयवाट १-१ जना प्रतिनिधि फागुन २१ गते जिल्ला अध्यक्ष विमल गौतमको नेत्रृत्वमा नेपालगञ्ज जाने निर्णय गरेको छ ।

त्यसैगरि महाधिवेशनमा दाङवाट केन्द्रीय महासचिवमा सुवोध कुमार डागि , केन्द्रीय सदस्यमा प्रकास कुमार शर्मा र भिम वहादुर वुढाथोकि लाई उम्मेदवार वनाउने निर्णय गरेको छ । त्यसैगरि , प्रदेश सचिवमा टोपेन्द्र खनाल , प्रदेश सदस्यमा नरेश आचार्य र दिपक यादव लाई उम्मेद्वार वनाउने निर्णय भएको सचिव ठाकुर डागिले जानकारि दिनु भयो ।


साथै वैठकले केन्द्रीय तालिका अनुसार चैत्र २ गते देखि सेण्डअप परीक्षा संचालन गर्ने, वैशाख पहिलो साता देखि वार्षिक परीक्षा संचालन गरि वैशाख महिना भित्र नतिजा समेत सार्वजनिक गर्ने निर्णय गरेको छ । वैठकमा अध्यक्ष विमल गौतम , केन्द्रीय सदस्य प्रकास कुमार शर्मा , प्रदेश सदस्य टोपेन्द्र खनाल, नरेश आचार्य , उपाध्यक्ष भुमाण्डव केसि , भोजराज न्यौपाने,सचिव ठाकुर प्रसाद डागि लगायतले आ आफ्नो धारणा राख्नु भएको थियो ।

वैठकको सहजिकरण सह सचिव विक्रान्त ज्ञवालिले गर्नु भएको थियो ।