तुलसीपुर,१५ चैत ।
लायन्स क्लव दाङ क्यापिटलले मंगलबार रक्तदान गरेको छ । रगत अभाबकै कारण कुनै पनि विरामीलाई समस्या नहोस्, भनी उक्त कार्यक्रम आयोजना गरिएको हो । सोही अबसरमा ५० जनाले रक्तदान गरेका थिए ।
लायन्स क्लव दाङका अध्यक्ष हिमाल डाँगीको अध्यक्षता एवं एरिया चिफ तथा राप्ती बबैका सहायक क्याम्पस चिफ टेकन कडेलको प्रमुख आतिथ्य एवं चिफ एक्सटेन्स यज्ञ बहादुर केसीको बिशिष्ट आतिथ्यमा कार्यक्रम भएको हो ।
त्यस अवसरमा प्रमुख अतिथि कडेँलले सेवाको भाव बोकेर सहयोगी मनहरु संगठित भइ यस्ता कार्य गर्नु भर्वको कुरा भएको बताए । त्यस्तै बिशिष्ट अतिथि केसीले लायन्स क्लवले समाजिक क्षेत्रमा विभिन्न कार्यक्रमहरु गर्दै आएको बताए । अप्ठेरोमा परेकाहरुलाई सहयोगको आबश्यकता पर्ने भन्दै त्यसमा लाईन्सले खेलेको भूमिकाको प्रशंसा गरेका थिए ।
त्यस्तै अध्यक्ष हिमाल डाँगीले जस्तो सुकै परिस्थितिमा पनि समाजमा परेका अफ्टेरा, अभाब,संकट,महामारीमा पनि आफूहरु एक भएर लाग्ने प्रतिबद्धता ब्यक्त गरेका थिए ।
कमल जलन केसीले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रममा सुरेन्द्र बोहराले झण्डा अभिवादन गरेका थिए । कार्यक्रमको सहजीकरण सचिव दिपक ओलीले गरेका थिए ।
लाइभदाङ । १५ चैत्र २०७८, मंगलवार २२:५७ बजे