
दंगीशरण, ४ फाल्गुन ।
दंगीशरण ३ को रावतगाउँमा नवनिर्मित योगहल भवनको उद्घाटन गरीएको छ । आज एक कार्यक्रमकाविच दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीले योगहल भवन तथा योग साधनाकेन्द्रको विधिबत रुपमा उद्घाटन गर्नुभएको हो ।
भवन उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष शम्भु गिरीले सारीरीक र मानसिक स्वास्थ्यका लागी योग अपरीहार्य रहेको बताउनुभयो । समजमा पछिल्लो समय मानसिक रोगिको संख्यामा वृद्धि हुदै गएकोप्रती दुःख ब्यक्त गर्दै मानसिक स्वास्थ्यलाइ स्वस्थ राख्न योगमा जोडिन आवश्यक रहेको बताउनुभयो ।
अहिले उद्घाटन गरेको योगहल योगका लागी मात्र नभइ दंगीशरण ३ मा हुने हरेक सार्वजनिक कार्यक्रम गर्नकालागी समेत रहेको बताउनुभयो । रोग शोक र भोगको निराकरण गर्ने एकमात्र उपाय योगनै रहेको बताउदै गिरीले आफु निर्वाचित भएर आइसकेपछी एक वडा एक योगहल निर्माणको अवधारणा अनुरुप आफु अगाडी बढेको र वडा नं. ३ को रावतगाउँमा उद्घाटन गरेको योगहल ८ औं रहेको जानकारी दिनुभयो ।
भवन उद्घाटन अवसरमै बोल्दै जिल्ला समन्वय समितीका सदस्य टोपाराम चौधरीले योगहल निर्माणले बिहान योग प्रणायाम र दिउसोको समयमा जुनसुकै कार्यक्रम गर्नमिल्ने गरी योगहलको निर्माण भएको बताउनुभयो ।आफु समेत योगमा जोडिने बताउने सदस्य चौधरीले सवैमा योग प्रणायाम र ध्यानको महत्त्ववारे बुझेर समाजलाइ स्वस्थ र सस्कारयुक्त बनाउन लागिपर्ने बताउनुभयो ।
कार्यक्रममा पतन्जलि योग समिती दाङका जिल्ला सह प्रभारी बिनोद चौधरी, पतन्जलि योग समिती शान्तिनगरका प्रभारी निम बहादुर खड्का पतन्जलि योगसमिती लुम्बिनि प्रदेश सदस्य लक्ष्मि वलि,लगायतले आ–आफ्नो भनाइ राख्नुभएकोथियो ।
उद्घाटन कार्यक्रम पतन्जलि योग समिती दंगीशरणका निवर्तमान प्रभारी कोमलकान्त भट्टराईको अध्यक्षता गाउँपालिका अध्यक्ष शम्भु गिरीको प्रमुख आथित्यता तथा जिल्ला समन्वय समिती दाङका सदस्य टोपाराम चौधरीको बिशिस्ट आथित्यतामा भएकोथियो ।
समृद्ध समाजकी प्रशिक्षक ईश्वरी कडेलको स्वागत मन्तव्यबाट शुरुभएको कार्यक्रमको सहजीकरण पतन्जलि योग समिती दंगीशरणका प्रभारी दिपक बिष्टले गर्नुभएकोथियो ।



लाइभदाङ । ४ फाल्गुन २०८१, आईतवार १९:३२ बजे