शान्तिनगरमा पालिका स्तरिय अपाङ्गता सञ्जाल गठन

बसन्ती वली,
दाङ १४ फागुन ।
शान्तिनगर गाउपालिकामा पालिकास्तरिय अपाङ्गता सञ्जाल गठन भएको छ । राप्ति बहिरा संघको आयोजना तथा ओपन सोसाइटी फाउन्डेसनको आर्थिक सहयोग र शान्तिनगर गाउँपालिकाको समन्वयमा शुक्रबार न्याय तथा सेवामा पहुच अभिबृद्धि परीयोजना अन्तर्गत पालिकास्तरिय अपाङ्गता सञ्जाल गठन गरिएको हो । संस्थाका उपाध्यक्ष रुपा वि.क.को अध्यक्षतामा तथा गाउपालिका अध्यक्ष कमानसिंङ डांगीको प्रमुख आथित्यता, उपाध्यक्ष मिथिला शाह तथा महिला बिकास शाखा प्रमुख साबित्रा आचार्यको विशिष्ट आतिथ्यतामा र वडा न.४ का अध्यक्ष धनबहादुर केसि, वडा न.३ का अध्यक्ष बुधिराम तिवारि,वडा न.६ का अध्यक्ष रबि बुढाथोकी INF Dang का सुपरभाइजर सुशिला बिसि, अपांगता अधिकार एबम समाज बिकास सस्थाका अध्यक्ष दिलकुमारी ओलिको आथित्यामा कार्यक्रम उद्घाटन गरिएको थियो । अध्यक्ष डांगीले अपाङ्गताको क्षेत्रमा आफू सधै सकारात्मक भएको जनाउँदै अपाङ्गता भएका ब्यक्तिको जीवनस्तर माथि उकास्न तथा अपाङ्गता सम्बन्धी पालिकास्ततिय विभिन्न गतिविधी संचालनका लागि पालिकास्तरिय अपाङ्गता संजाल सकृय रहने अपाङ्गता सम्बन्धी कार्यक्रमहरु तय गरी आवश्यकता अनुसारको बजेटहरु छुट्याएर कार्यक्रम अगाडि बढाउने कुरा ब्यक्त गरेका छन।
राप्ति बहिरा संघका कार्यकारी निर्देशक प्रतिमा शर्माले स्वागत मन्तब्य दिदै बिषयवस्तुमा प्रकाश पारेकि हुन। संस्थाले यस अघि सम्पुर्ण सरोकारवाला निकायहरुसङ्ग छलफल गरि प्रत्यक वडामा अपाङ्गता भएका ब्यक्तिहरुको भेला गरि वडास्तरिय अपाङ्गता समन्वय समिती गठन समेत गरेको थियो । प्रत्येक वडाबाट २/२ जनाको प्रतिनिधि चयन गरि पालिकास्तरिय अपाङ्गता समन्वय समिती गठन गरिएको छ । संस्थाका कार्यक्रम अधिकृत देबा डांगीले आफ्ना भनाई राख्दै अपाङ्गता हक अधिकार र अपाङ्गता परीचयपत्रको बारेमा जानकारी गराएकी थिइन । उक्त भेलाले निम ब. नेपालीको संयोजकन्वमा ७ सदस्य कार्यसमिति गठन गरेको छ, जस अन्तर्गत निम ब. नेपाली संयोजक, इन्द्रा चौधरी उप संयोजक, बसन्ती वली सचिव, घनश्याम कंवर सह–सचिव, गुुरुप्रसाद लामिछाने कोषाध्यक्ष, लाल ब. बि.क सदस्य, लाहानु चौधरी सदस्य रहेका छन्, भने कार्यक्रमको सहजीकरण अपाङ्गता अभियन्ता बसन्ती वलीले गर्नुभएको थियो ।