तुलसीपुर,१८ फागुन । लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीको स्वकीय सचिबमा अशोक भण्डारीलाई नियुक्त गरिएको छ ।
मन्त्री मास्कीले शुक्रबार भण्डारीलाई स्वकीय सचिबमा नियुक्ती भएको पत्र हस्तान्तरण गरेका हुन । शान्तिनगर ५ निवासी भण्डारी पार्टी र विद्यार्थी राजनीतिमा क्रियाशिल छन् ।
त्यस अवसरमा मन्त्री मास्कीले सचिबालयलाई चुस्त,दुरुस्त बनाउन आबश्यक रहेको बताए ।
कार्यकाल सफल बनाउन सचिबालयको भूमिका महत्वपूर्ण हुने उनको भनाई छ ।
लाइभदाङ । १८ फाल्गुन २०८०, शुक्रबार १७:१५ बजे