शहरी बिकास मन्त्री केसी प्युठान आउने

नेत्र खनाल
प्युठान,९ फागुन ।। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रकाे पेशागत संगठन एकृकित अखिल नेपाल शिक्षक संगठन सरुमारानी संगठन कमिटीले आयोजना गरेकाे प्रशिक्षण भेलालाई संम्बाेधन गर्न लुम्बिनी प्रदेश सरकारका शहरी बिकास मन्त्री कृष्णा केसी ( नमुना) प्युठान आउने भएकी छन् ।

फागुन १२ गते सरुमारानीकाे पर्यटकिय स्थल रानीपाैवा आउने संगठनका अध्यक्ष निर्मल शर्माले बताए।  प्रशिक्षण कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य नारायण प्रसाद अधिकारी, लुम्बिनी प्रदेस कमिटीका उपाध्यक्ष लुमाकान्त न्याैपाने( सागर), सचिब कृष्ण अधिकारी( प्रकाश),प्युठान जिल्ला कमिटीका संयाेजक नवराज अधिकारी ( राेषन), प्रदेश कमिटीका सचिवालय सदस्य यज्ञ बहादुर केसी( प्रभात) ,सचिवालय सदस्य बुद्व बहादुर बस्नेत( वसन्त) ,प्रदेश कमिटी का सदस्य लक्ष्मी पल्ली( आस्था ), प्रदेश कमिटीका सल्लाहकार सन्त बहादुर दर्लामी, निर्वाचन परिचालन कमिटी( ख) का संयाेजक बालन्नद बेल्वासे र सरुमारानी पार्टी कमिटीका अध्यक्ष कृष्ण बहादुर खाम्चा( हेमन्त ) ले शिक्षक संगठनलाई प्रशिक्षण दिने कार्यक्रमकाे तालिका रहेकाे छ ।


कार्यक्रममा मन्त्री केसीलाई संगठनकाेतर्फबाट सरुमारनीमा बिकासकाे निमित्त याेजनामागकाे फाईल  बुझाउने कार्यक्रम तालिका रहेकाे छ ।  कार्यक्रममा संगठन बिस्तारकाे कार्य बिभाजन समेत गर्ने संगठनका सचिव भेषमान कवरले जानकारी दिए।