माथिबाट खसेको ढुंगाले लाग्दा तुलसीपुरमा एक जनाको मृत्यु

तुलसीपुर २५ असार /
दाङको तुलसीपुरमा माथिबाट खसेको ढुंगाले लाग्दा एक जनाको मृत्यु भएको छ ।
तुलसीपुर उपमहानगरपालिका-१ धनुबासमा पैदल हिडिरहेका सोही ठाउँका ६५ वर्षीय बलिराम खत्रीलाई ढुंगाले लाग्दा मृत्यु भएको हो ।
शनिबार साँझ साढे ७ बजेतिर उक्त घटना भएको वडाध्यक्ष हुमकान्त सापकोटाले बताए ।
खत्रीको घटना स्थलमै मृत्यु भएको हो । शवलाई राप्ती प्रादेशिक अस्पतालको शव गृहमा राखिएको छ।