शरद रेग्मी
दाङ, १२ फागुन ।
तुलसीपुर उपमहानगरपालिका –७ पर्सेनीमा रहेको एक किराना पसलमा आगलागी हुँदा करिब ८० लाखको क्षेति भएको छ । सोही ठाउँ निबासी सुमित्रा वलीले संचालन गर्दै आएको किराना पसलमा भएको आगलागिबाट पसलमा रहेका किरानाका सामान, नगद, केहि मत्वपूर्ण कागजात लगाएतका सामान जलेर नष्ट भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी श्यामु आर्यालले जानकारी दिए ।
बिहानको ३ बजेर २० मिनेट जाँदा पसलमा आगलागि भएको प्रहरीले बताएको छ । यसैबिच तुलसीपुर उद्योग बाणिज्य सङघले बिहान आगलागी भएको पसलको निरिक्षण गरेको छ । अध्यक्ष रामप्रसाद चालिसेले बिपतमा परेका ब्यबसायिहरुलाई सबैले सहयोग गर्नुपर्ने बताउनु बताएका छन् । अध्यक्ष चालिसेले अग्नि पीडित ब्यबसायिहरुलाई सहयोग गर्न सम्पुर्ण सहयोगी मनहरुमा आब्हान समेत गरेका थिए । साथै उनले संघ मार्फत ब्यबसायको बीममा गर्न पनि अनुरोध गर्नु भएको छ ।
लाइभदाङ । १२ फाल्गुन २०७८, बिहीबार १९:१८ बजे