तुलसीपुर, १ भाद्र ।
तुलसीपुर उपमहानरपालिका ४ निवासी नरेन्द्र भण्डारी र टिका खड्काले मानव सेवा आश्रममा खाद्यान्न सहयोग गरेका छन् । जुम्ल्याहा छोरा दिव्य र दृष्टिको शुभ जन्मोत्सव पारेर खाद्यान्न सहयोग गरेका हुन् । आश्रममा चामल, दाल,नुन, तेल, चीनी, साबुन, सरफ, चिउरा, भुजिया, बिस्कुट र फलफूल लगायत सहयोग गरेको बताए ।
सानो उमेरमा बच्चालाई असहाय व्यक्तिहरूलाई सहयोग गर्नु पर्छ भन्ने भावनाको विकास गर्न आश्रममा सहयोग गरेको नरेन्द्र भण्डारीले बताए । फजुल खर्च बचत हुने र अभावमा परेकाहरुलाई सहयोग हुने हुनाले जन्म उत्सब आश्रममा मनाउँदा खुसी लागेको आमा टीका खड्काले बताइन् । केक कटाएर जन्मदिन मनाउन पर्छ भन्दा पनि असहाय, दुखी, गरीब,अनाथ भएको ठाउँमा सहयोग गर्नु पर्ने उनीहरूको भनाई छ ।
लाइभदाङ । १ भाद्र २०८०, शुक्रबार २०:३० बजे