अरिङ्गालको टोकाईबाट दाङको तुलसीपुरमा २ जना बिरामी

तुलसीपुर,१३ कात्तिक ।
दाङको तुलसीपुरमा अरिङ्गालको टोकाईबाट २ जना बिरामी परेका छन् । तुलसीपुर उपमहानगरपालिका ४ लामीदमार निवासी ५८ वर्षिय देपेन्द्र गिरीलाई घर नजिकैको बारीमा घाँस काट्ने क्रममा आज बिहान ९ः३० बजेतिर कालो अरिङ्गालले टोकेको थियो । अरिङ्गालको टोकाईबाट बिरामी पर्नुभएका गिरीको राप्ति प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार पश्चात डिस्चार्ज भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।


यस्तै तुलसीपुर उपमहानगरपालिका ११ नवलपुर निवासी जिवराज गिरीका ११ वर्षिय छोरा जिपसन गिरीलाई बाटोमा हिड्ने क्रममा आज बिहान १०ः३० बजे अरिङ्गालले टोक्दा बिरामी परेका थिए । बिरामीको अहिले राप्ति प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भईरहेको प्रहरीले जानकारी दिएको छ ।