माओवादी केन्द्र दाङको संयोजकमा सुवास, प्रदेशका सबै जिल्लाका संयोजक तोकियो

तुलसीपुर
२० भदौ / नेकपा माओवादी केन्द्र लुम्बिनीले प्रदेशका सबै जिल्लामा संयोजक तोकेको छ । पार्टी केन्द्रीय समितिको पछिल्लो बैठकले पारित गरेको अन्तरिम विधानअनुसार जिल्लामा समन्वय समिति रहने भएकाले संयोजक तोकिएको सो पार्टीले जनाएको छ ।

जसअनुसार दाङ संयोजकमा तुलसीराम पुन सुवास तोकिनुभएको छ । यसअघि माओवादी र एमाले एकताबाट बनेको नेकपाको उहाँ जिल्ला सचिव हुनुहुन्थ्यो ।

त्यस्तै रोल्पा संयोजकमा सुरेन्द्र थापा ध्रुव, रुकुमपूर्व संयोजकमा मेघबहादुर श्रेष्ठ, रुपन्देही संयोजकमा नारायणबहादुर जिसी निर्मल, कपिलवस्तु संयोजकमा रामचन्द्र साह बिष्णु, बाँके संयोजकमा इन्द्रप्रसाद खरेल, बर्दिया संयोजकमा भुवनकुमार थारु किशोर, प्युठान संयोजकमा कृष्ण अधिकारी प्रकाश, अर्घाखाँची संयोजकमा ठाकुरकुमार बिक किशोर, गुल्मी संयोजकमा बीरबहादुर कार्की चाहाल, पाल्पा संयोजकमा नेत्र पाण्डे र नवलपरासी संयोजकमा भविश्वर तिवारी आजाद रहनुभएको छ ।


पालिका सम्मेलनपछि पालिका अध्यक्षहरु सहितको जिल्ला समन्वय समिति बन्ने छ । जिल्ला इञ्चार्ज यसअघि नै केन्द्रीय समितिले तोकिसकेको थियो । दाङ इञ्चार्जमा जीवन गौतम रहनुभएको छ ।

May be an image of text that says 'अगिम र समाजवादको यात्रा स्वाधीनता,समृद्धि www.livedang.com साप्ताहिक WEEKLY दाड्बाट प्रत्येक सोमबार प्रकाशित'