मेरो श्रीमान भन्दा ठूलो मेरो पद होइन्ः मन्त्री विमला वली

तुलसीपुर
११ फागुन / लुम्बिनी प्रदेशका स्वास्थ्य राज्यमन्त्री विमला कुमारी खत्री(वली)ले आफ्नो श्रीमान भन्दा पद ठूलो नभएको बताएकी छिन् ।

श्रीमान उत्तरकुमार वलीको तेस्रो स्मृति दिवसका अवसरमा मंगलबार श्रद्धाञ्जलीसभा आयोजना गरि यस्तो बताएकी हुन् । उनले श्रीमानकै कारणले आफू यो स्थानमा आएको भएपनि पदले श्रीमानको पूर्ति गर्न नसक्ने बताईन् ।


श्रीमान सधै जनताको सेवामा खटिने गरेको भन्दै अब आफू पनि श्रीमानको सपना पूरा गर्न दिनरात नभनेर खट्ने समेत उनको भनाई थियो ।

दंगीशरण गाउँपालिका वडा नं. ६ को कार्यालयमा श्रद्धाञ्जलीसभा आयोजना गरिएको हो ।