दाङमा १२ बर्ष पछि पुग्यो ४०.२ डिग्रि सेल्सियस तापक्रम

दाङ,१७ जेठ । दाङमा १२ बर्ष पछि ४०.२ डिग्रि सेल्सियस तापक्रम पुगेको छ । त्यो बीचमा दाङमा ४० डिग्रि सेल्सिएस पुगेको थियो ।

१२ बर्ष अघि २०६९ जेठ ३२ गते भने ४१ डिग्रि सेल्सियस तापक्रम पुगेको थियो । दाङमा निकै गर्मीले गर्दा जनजिवन प्रभावित बनेको छ । यो तपक्रम शुक्रबारसम्म बढ्ने अनुमान गरिएको जल तथा मौसम फिल्ड कार्यालय दाङमा प्रमुख श्रीया रिजालले बताउनुभयो ।


दाङको न्यूनतम तापक्रम २७ डिग्री सेल्सियस रहेको छ । गर्मीकै कारण दाङमा बिभिन्न स्थानीय तहले विद्यालय पनि बन्द गरेका छन् । दाङको घोराही र तुलसीपुर उपमहानगरपालिकासहित लमही नगरपालिका, गढवा,राप्ती शान्तिनगरलगायतका गाउँपालिकाले पनि केही दिन विद्यालय बन्द गरेका छन् ।