एमालेका प्रदेश कमिटि सदस्य थापा एकीकृत समाजवादीमा प्रवेश

तुलसीपुर
८ पुस / नेकपा एमालेका लुम्बिनी प्रदेश कमिटि सदस्य इन्द्रबहादुर थापा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।

तुलसीपुर ४ निवासी थापाले एमाले केपी कम्पनीमा रुपान्तरण भएको भन्दै समाजवादीमा प्रवेश गरेको जानकारी दिएका हुन् ।


आफैले आफैलाई अध्यक्ष घोषणा गर्ने र आफै सफत खाने घृणित कार्य गरेको भन्दै यो कार्यको विरोध गर्दै समाजवादीमा प्रवेश गरेका हुन् ।