शान्तिनगर ७ मा आधारभूत पत्रकारिता तालिम सुरु

तुलसीपुर
६ फागुन / दाङको शान्तिनगर गाउँपालिका वडा नं. ७ मा आधारभूत पत्रकारिता तालिम सुरु भएको छ ।

अग्रिम साप्ताहिकको आयोजना तथा शान्तिनगर गाउँपालिका वडा नं. ७ को आर्थिक सहयोगमा शुक्रबारदेखि तालिम सुरु भएको हो । पत्रिकाका प्रकाशक दिपक बोहराको अध्यक्षता तथा वडाध्यक्ष पिमलाल ओलीको प्रमुख आतिथ्यमा तालिमको उद्घाटन गरिएको हो । त्यस अवसरमा वडाध्यक्ष ओलीले पत्रिकारिता नै विकासको आधार भएकाले गाउँ–गाउँमा पत्रकारको विकास हुन आबश्यक रहेको बताएका छन् ।

त्यसैले पनि आफूले गाउँ–गाउँमा पत्रकाकारिताको विकासकालागि यो तालिममा सहयोग गरेको बताए । वडा सचिब ज्ञानबहादुर परियारले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रममा वडा सदस्य बुद्धिराम चौधरीलगायतले मन्तब्य ब्यक्त गरेका थिए ।


पहिलो दिन दिपक बोहरा र अनिता पोख्रेलले प्रशिक्षण दिएका थिए । सहजीकरण कार्यक्रम संयोजक देवराज कडेँलले गरेका थिए ।

May be an image of 8 people, people sitting, people standing and indoor