
दाङ, २५ भदौ ।
सरकारले नेपाल संस्कृत विश्वविद्यालयको रेक्टर (शिक्षाध्यक्ष) र रजिस्ट्रार (कुलसचिव) नियुक्त गरेको छ ।
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले रेक्टरमा प्राडा जगन्नाथ रेग्मीलाई र रजिस्ट्रारमा प्राडा नवराज कट्टेललाई नियुक्ति गरिएको छ ।
अहिले उनीहरु नियुक्तिपत्र लिएर दाङ फर्कन लागेको कट्टेलले बताए ।
उक्त विश्वविद्यालयको उपकुलपतिमा प्राडा भीम खतिवडा यसअघि नै नियुक्त भएका छन् ।
सरकाले प्राडा माधवशरण उपाध्यायको संयोजकत्वमा तीन सदस्यीय छनोट समिति गठन गरेको थियो । उक्त समितिले खुला प्रतिस्पर्धा गराएर तीन पदाधिकारीका लागि तीन–तीनजनाको नाम सिफारिस गरेको थियो ।



लाइभदाङ । २५ भाद्र २०८३, बिहीबार १२:५६ बजे