जनप्रिय इङलिस स्कुलद्वारा बाढी पीडितलाई सहयोग

तुलसीपुर, १९ भदौ ।
भोटेकोशीमा आएको बाढीबाट प्रभावित भएकाहरूका लागि दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं‍‍‍‍‍‍. २ मा रहेको जनप्रिय इङलिस स्कुलले आर्थिक सहयोग प्रदान गरेको छ विद्यालय परिवारले सामाजिक उत्तरदायित्व वहन गर्दै बाढीपीडितको राहत तथा उद्धारका लागि कुल ५६,६६६ रुपैयाँ सहयोग गरेको हो ।

राष्ट्रिय विपत्तिको यस दुःखद घडीमा पीडितहरूलाई सहयोग पुर्‍याउने उद्देश्यले विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले आफ्नो एक दिनको खाजा खर्च कटाएका थिए । त्यसैगरी, विद्यालयका शिक्षक तथा कर्मचारीहरूले पनि आफ्नो एक दिनको पारिश्रमिक बराबरको रकम योगदान गरेका थिए ।


यसरी विद्यार्थी र शिक्षकहरूबाट सङ्कलन भएको कुल ५६,६६६ रुपैयाँ (अक्षरेपि छपन्न हजार छ सय छैसठ्ठी रुपैयाँ) रकम नेशनल प्याब्सन केन्द्रीय कार्यालयमार्फत प्रधानमन्त्री दैवी प्रकोप राहत तथा उद्धार कोषमा जम्मा गरिएको छ ।