सुन्दरपुर खानेपानी समितिद्वारा बाढीपीडितलाई ५१ हजार सहयोग

तुल बहादुर कवँर मगर
मसुरिया, १३ भदौ ।
दाङको राप्ती गाउँपालिका–४ स्थित सुन्दरपुर वृहत खानेपानी उपभोक्ता समितिले भोटेकोशी बाढीपीडितका लागि ५१ हजार १ सय ११ रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।

बाढी प्रभावितको उद्धार तथा राहतमा सहयोग पु¥याउने उद्देश्यले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरिएको समितिका अध्यक्ष शरद गिरीले बताउनुभयो।


भोटेकोशी बाढीबाट ठूलो जनधनको क्षति भएपछि पीडितको राहत तथा उद्धारका लागि विभिन्न संघसंस्था र नागरिकस्तरबाट सहयोग जुटाउने क्रम जारी छ।