दंगीशरणमा घटेर आयो बजेट, ४३ करोड ३२ लाख सार्वजनिक

प्रमोद आचार्य
दंगीशरण, १० असार । दंगीशरण गाउँपालिकाले आगामी आर्थिक बर्ष २०८१/८२ का लागी ४३ करोड,३२ लाख १८ हजारको बजेट सार्वजनिक गरेको छ ।गत बर्ष ४४ करोड,११ लाख ८२ हजार बिनियोजन गरेकोथियो ।आगामि आर्थिक बर्षमा गतबर्ष भन्दा ७९ लाख ६४ हजार बजेट घटेर आएको दंगीशरण गाउँपालिकाले जनाएको छ ।

दंगीशरण गाउँसभाको १७ औ अधिबेशनमा गाउँपालिका उपाध्यक्ष पिमा वलि खड्काले “हाम्रो प्रण समुन्नत दंगीशरण “भन्ने मुल नाराका साथ बजेट प्रस्तुत गर्नुभएको हो ।दंगीशरणले आगामि आर्थिक बर्षका लागी शिक्षा,स्वास्थ्य, कृषि श्रम र उधमशिलतालाइ विशेष जोड दिएकोछ ।

आगामि आर्थिक बर्षका लागि चालु तर्फ २८ करोड,१४ लाख,६८ हजार बिनियोजन गरीएको छ ।जुन ६४.९७ % हुन आउछ । र पुजिगत तर्फ १५ करोड,१७ लाख,५० हजार बिनियोजन गरीएको छ । जुन ३५.०३ % हुन आउछ ।

शसर्त अनुदान वापत संघीय सरकारबाट प्राप्त हुने रु १६ करोड ९७ लाख,६ हजार संघीय विशेष अनुदान रु १ करोड ८० लाख,संघीय समपुरक अनुदान ५० लाख तथा प्रदेश सरकारबाट प्राप्त हुने ससर्त अनुदान तर्फको रु ७० लाख र प्रदेश समपुरक अनुदान तर्फको रु ७० बजेट बिनियोजन गरीएको छ ।


संघीयत सरकारको सशर्त अनुदान १६ करोड,७९ लाख ६ हजार,संघीय सरकार विशेष अनुदान अन्तरगत १ करोड ८० लाख,संघीय सरकार समपुरक अनुदान अन्तर्गत ५० लाख बिनियोजन गरीएको छ ।प्रदेश सरकार शसर्त अनुदान ७० लाख,प्रदेश सरकार समपुरक अनुदान ७० लाख,बिनियोजन गरीएकोछ भने गाउँपालिकाबाट बिषयगत क्षेत्रका लागि ६ करोड,२४ लाख ८२ हजार बिनियोजन गरीएको छ।

यस्तै आर्थिक बिकाश तर्फ ७२ लाख, ५० हजार,सामाजिक विकासतर्फ ३ करोड ३ लाख ५७ हजार,पुर्वाधार विकास क्षेत्रमा,२ करोड ५ लाख बन बाताबरण तथा बिपद ब्यबस्थापनमा १० लाख ५० हजार,सस्थागत विकास तथा सुशासन क्षेत्रमा ३३ लाख २५ हजार,वडागत विकास क्षेत्रका लागी ३ करोड ५० लाख,समपुरक अनुदानबाट सन्चालन हुने योजनाहरुमा लागत सहभागीताका लागी समपुरक कोषका लागी रु २ करोड,अनिवार्य दायित्व तर्फ १ करोड २२ लाख,गाउँपालिकाबाट संचालहुने योजनाहरुका लागी १ करोड ५५ लाख,बिनियोजन गरीएको छ ।

अर्को गाउँसभा आगामि १७ गते दिनको २ बजे बस्नेगरी स्थगित गरीएको गाउँपालिकाका सुचना अधिकारी टेक बहादुर खत्रीले जानकारी दिनुभयो ।