तुलसीपुरका विभिन्न स्थानमा दुई दिन विद्युत अवरुद्ध हुने

तुलसीपुर, १८ माघ ।
दाङको तुलसीपुरका विभिन्न स्थानमा आज र भोलि दुई दिन विद्युत अवरुद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरण तुलसीपुर वितरण केन्द्रका अनुसार आज र भोलि (माघ १८ र १९ गते) तुलसीपुर क्षेत्रका केही स्थानहरूमा विद्युत अवरुद्ध हुने भएको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार एयरपोर्ट फिडर अन्तर्गतका स्थानहरूमा कन्डक्टर अपग्रेड गर्नुपर्ने भएकाले बिहान साढे ९ बजेदेखि बेलुका ४ बजेसम्म विद्युत सेवा अवरुद्ध हुने भएको हो ।


बनकट्टा, मोतिपुर, हात्तिखवा, कृषि विकास बैंक, तमाखे, गोरखा बोर्डिङ, भिआइपी टोल, घोराही रोड तथा नेपाल विद्युत प्राधिकरण कार्यालय परिसर र आसपासका क्षेत्रहरूमा आज र भोलि विद्युत सेवा अवरुद्ध हुने केन्द्रका प्रमुख शिवनारायण गोशलीले जानकारी दिनुभयो । प्रभावित क्षेत्रका बासिन्दाहरूलाई वैकल्पिक व्यवस्था मिलाउन आग्रह गरिएको प्रमुख गोशलीले बताउनुभयो ।