गणेशपुर पार्कको नेतृत्वकालागि चुनाब हुने, अब पार्क बनले नै हेर्ने

तुलसीपुर, २६असार । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं.७ स्थित गणेशपुर पार्कको नयाँ नेतृत्व चयनकालागि निर्वाचन हुने भएको छ ।

विगतमा पार्क ब्यबस्थापन समितिले नै पार्क ब्यबस्थापन गर्दै आएको थियो । तर, अब भने सोही पार्क रहेको बन श्रीगणेश सामुदायिक बनको नेतृत्वले गणेशपुर पार्कलाई नेतृत् वगर्ने छ ।

पार्कको पनि छुट्टै टिम हुने भएपनि त्यो टिम बनकै मातहतमा रहेर काम गर्ने छ । मुख्य नेतृत्व बनले नै गर्नेछ । सोही अनुसार यही कात्तिक २९ गते बनको निर्वाचन हुन लागेको छ ।

जसमा लोकमणी पोख्रेल, एमालेका डिल्ली भण्डारी, माओवादी केन्द्रका लिलाधर विकले अध्यक्षमा उम्मेदवारी दिएका छन् । भण्डारी यस अघि दुई कार्यकाल पार्क ब्यबस्थापन समितिका अध्यक्ष भइसकेका ब्यक्ति हुन् ।

बिक पनि यसअघि वनको अध्यक्षको एक कार्यकाल सम्हालि सकेका ब्यक्ति हुन् ।  पोख्रेल भने एमाले निकट भएपनि टिकेट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका छन् ।


वन अन्तर्गत रहेको राप्ती शान्ति उद्यानमा अध्यक्ष पदका दुई जना उम्मेदवार रहेका छन् । नेपाली कांग्रेसबाट सुधीर केसी र राष्ट्रिय जनमोर्चा निकट खेतु प्रसाद भण्डारी अध्यक्षका प्रतिस्पर्धी रहेका छन् ।

वनको चुनावमा एमालेलाई काङ्ग्रेसले साथ दिने र पार्कको चुनावमा कांग्रेसलाई एमालेले साथ दिने सहमति भएको छ । पार्टीमा यस्तो सहमति भएपछि वनको अध्यक्षमा कांग्रेसबाट उम्मेदवारी दिएका यमलाल पराजुलीले उम्मेदवारी फिर्ता लिएका छन् ।

यस्तै अध्यक्षमै उम्मेदवारी दिएका एमालेका कमल पोख्रेल र यसअघिका वनका अध्यक्ष बामदेव भण्डारीले पनि उम्मेदवारी फिर्ता लिएका छन् । त्यसैगरी माओवादी, जनमोर्चा लगायत अन्य केही पार्टीले गठबन्धन गरेका छन् ।

केही पदमा भने निर्विरोध भएका छन् ।  वनको उपाध्यक्षमा ईश्वर महतारा, खुल्ला सदस्यहरूमा छविलाल पन्थी, सोमराज रिजाल, शोभाराम गोराथोकी, लेखराज भण्डारी, महिला सदस्य पुष्पा श्रेष्ठ परिवार, खुल्ला सदस्य रमा भट्टराई, महिला सदस्य सुशीला राना र दलित महिला सदस्य सम्झना बिक निर्विरोध निर्वाचित भइसकेका छन् ।

 संस्थाका ४ सय ७६ मतदाता रहेका छन् ।