फुलवारीको सडकमा ३ करोड, निर्माण सुरु

तुलसीपुर
२ फागुन / राष्ट्रियसभा सदस्य जगप्रसाद शर्मा‘अपार’ले दाङको फुलवारीमा सडक विस्तारकालागि ३ करोड बजेटको व्यबस्थापन गरेका छन् । अर्थमन्त्रालयबाट तुलसीपुर १३ फुलवारीको बखरियादेखि साजखुट्टी जोड्ने सडककालागि उक्त बजेट परेको हो ।

ग्राभेल, नाला निर्माण,ह्युमपाईप राख्ने,कटिङ्लगायतका काम गर्नकालागि उक्त बजेट आएको अपारले बताए । साथै उक्त सडकको आइतबार सिलन्यास गरिएको छ ।

राष्ट्रियसभा सदस्य अपार, लुम्बिनी प्रदेशका स्वास्थ्य राज्यमन्त्री विमला कुमारी वली(खत्री), पार्टीका केन्द्रीय सल्लाहकार सेशुराम भण्डारी, नगर कमिटि अध्यक्ष खुसीराम चौधरी, वडाका कार्यबहाक अध्यक्ष विनोद पाण्डेलगायतले सिलन्साय गरेका हुन् । त्यस अवसरमा अपारले फुलवारीको विकासकालागि आफू प्रतिबद्ध भएको बताए ।

फुलवारीमा टेलिफोनले काम गर्न अबस्था रहेको भन्दै त्यहाँ टावर निर्माणकालागि पहल गरेको, विद्युत विस्तारमा पहल गरेको समेत बताए । फुलवारीलाई फुलवारी जस्तो बनाउनकालागि आफू प्रतिबद्ध रहको समेत उनको भनाई छ । फुलवारी सामरिक महत्वको ठाउँ भएको भन्दै त्यसको विकासकालागि आफू प्रतिबद्ध रहेको बताए । साथै अहिले ३ करोड बजेट छुटिएको र क्रमागत योजना भएकाले पुनः अर्को बजेटमा पनि स्वतः बजेट आउने समेत उनको भनाई छ । यो सडकलाई घोराहीको धर्नासम्म जोडिएको र त्यहाँसम्म स्तरोन्नती गर्ने समेत बताए ।


त्यस अवसरमा वडाका कार्यबहाक अध्यक्ष विनोद पाण्डेले फुलवारीमा एक करोड बजेट पर्नु खुसीको कुरा भएको बताए । उनले यसरी बजेट पारेको भन्दै राष्ट्रियसभा सदस्य शर्मालाई धन्यवाद समेत ज्ञापन गरे । उनले हरेक विकास निर्माणका काममा एकजुट भएर लाग्नु पर्ने समेत बताए । उक्त सडकलाई स्तरोन्नती गर्न वडाध्यक्ष दिवंगत डम्बर बहादुर न्यौपानेको ठूलो सपना रहेको भन्दै त्यो सपना पूरा हुने समेत उनको अपेक्षा थियो ।

त्यस अवसरमा स्वास्थ्य राज्य मन्त्री वलीले विकासमा सबै एकजुट हुनुपर्ने बताईन् । उक्त बिकास निर्माणको जिम्मा जलजला अंकित जेनिसा निर्माण सेवाले लिएको छ । उक्त सडकको चौडाई १० मिटर बन्ने छ । कार्यक्रमको सहजीकरण पार्टीका वडाध्यक्ष देबबहादुर विकले गरेका थिए ।

May be an image of 5 people, people standing and outdoors

May be an image of 4 people, people standing, people sitting and outdoors