पोखरीमा डुबेर एक बालकको मृत्यु

रोल्पामा पोखरीमा डुबेर एक जना बालकको मृत्यु भएको छ । रोल्पाको सुनिलस्मृति गाउँपालिका–३ खारामा पोखरीमा डुबेर एक बालकको मृत्यु भएको हो ।

सुनिलस्मृति गाउँपालिका–२ खुङ्ग्रीका कृष्ण गिरीका पाँच वर्षीय छोरा निर्मल गिरी मामाघर आएको बेला हिजो ( आइतबार) बेलुका पाेखरीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ।