पूर्व विद्यार्थी र सुनचाँदी ब्यबसायीले गरे विद्यालयलाई सहयोग

तुलसीपुर, २६ असार ।
दाङको तुलसीपुर ९ स्थित मावि दोघरेलाई पूर्व विद्यार्थीहरुले सहयोग गरेका छन् । मावि सेन्टरमा हुँदा आफूले पढाएका विद्यार्थीहरु हाल अष्ट्रेलियामा रहेको र उनीहरुले आर्थिक सहयोग गरेको प्रधानाध्यापक सुनिता यादवले बताईन ।

उनका अनुसार प्राबिको वाल सजावटकालागि ५ जना पूर्व विद्यार्थीले ५३ हजार एकसय १० रुपैँया सहयोग गरेका हुन् । सहयोग गर्नेमा अशोक आचार्य, रोशन खड्का, गणेश भण्डारी,अर्जुन बुढाथोकी, हरी शर्माले सहयोग गरेका हुन् ।


त्यस्तै न्यून नेपाल ज्वेलर्सका ललित गुप्ता र रेखा गुप्ताले १० हजार रुपैँया समेत सहयोग गरेका छन् । यसरी आउने सहयोगले विद्यालयलाई शैक्षिक स्तर सुधार गर्न टेवा पुग्ने प्रधानाध्यापक यादवको विश्वास छ ।