माओवादी केन्द्र तुलसीपुरले जनयुद्ध दिवसमा रक्तदान गर्ने

तुलसीपुर
२९ माघ / नेकपा (माओवादी केन्द्र) तुलसीपुर नगर कमिटिले जनयुद्ध दिवसमा रक्तदान गर्ने भएको छ ।

पार्टीका उपाध्यक्ष यज्ञबहादुर केसीका अनुसार फागुन १ गते आईतबार तुलसीपुरमा रक्तदान गर्ने भएको हो । रक्तसञ्चार केन्द्र तुलसीपुरको भवनमा रक्तदान कार्यक्रम हुने भएकाले सहभागिताकालागि समेत अनुरोध गरिएको छ ।


विहान साढे ८ बजेदेखि रक्तदान कार्यक्रम हुन लागेको हो ।