दंगीशरण गाउँपालिकाद्वारा भदौ ३१ गते अट्वारी पर्वको सार्वजनिक विदा

दंगीशरण, २९ भदौ ।
दाङको दंगीशरण गाउँपालिकाले अट्वारी पर्वको अवसरमा आइतबार सार्वजनिक बिदा दिएको छ। पालिकाले थारु समुदायको बड्का अट्वारीको अवसरमा दंगीशरण गाउँपालिका र मातहतका कार्यालयहरुमा सार्वजनिक बिदा दिएको हो ।

भदौ ३१ गते पर्ने थारु समुदायको बड्का अट्वारीका दिन सार्वजनिक विदा दिने निर्णय गरेको गाउँपालीकाले एक सुचना जारी गरि जानकारी दिएको छ ।


थारु समुदायले अट्वारी पर्वलाई विशेष पर्वका रुपमा मनाउने गरेका छन् । भदौ २७ गतेको निर्णय अनुसार विदा दिएको निमित्त प्रमुख प्रशासकिय अधिकृत टेक बहादुर खत्रीद्धारा जारी सुचनामा उल्लेख छ ।