
काठमाण्डौं,८ मंसिर ।
आज सुनचाँदीको भाउ घटेको छ । सुनको भाउ आज तोलामा एक हजार नौ सय रुपैयाँले घटेको छ । सुन आज तोलामा दुई लाख ४२ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको दुई लाख ४४ हजार ६ सय रुपैयाँ थियो ।
त्यस्तै,आज चाँदी तोलामा २० रुपैयाँले घटेको छ । चाँदी आज २० रुपैयाँले घटेर तोलाको तीन हजार एक सय १५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको तीन हजार एक सय ३५ रुपैयाँ थियो ।



लाइभदाङ । ९ मंसिर २०८२, सोमबार १३:३४ बजे