देउवा पक्षीय भेलामा राठौरले भनेः मैले सदस्य अद्याबधिक गरेँ

दाङ, १६ असार ।
दाङको लमहीमा काँग्रेसको शेरबहादुर देउवा पक्षीय लुम्बिनी प्रदेश स्तरीय भेला भएको छ । मंगलबार भएको भेलामा पूर्व केन्द्रीय सहमहामन्त्री किशोरसिंह राठौरले आफूले पार्टीको सदस्यता अद्याबधिक गरिसकेको बताएका छन् ।

भेलाका प्रमुख अतिथि समेत रहेका राठौरले अहिलेको अबस्थामा पार्टी निकै कमजोर बन्नुमा बिशेष महाधिवेशनको भूमिका रहेको भएपनि आफूले सदस्यता भने अद्याबधिक गरिसकेको बताएका हुन् । भेलामा नेताहरुले भने सदस्यता अद्याबधिक गर्न नहुँने तर्क राखेका छन् ।


त्यस्तै पूर्व केन्द्रीय सदस्य गेहेन्द्र गिरीले ठूलो त्याग र बलिदानबाट प्राप्त संबिधान र राष्ट्रियताको रक्षाकालागि काँग्रैस एकजुट हुनुपर्ने बताए । यदि काँग्रेसमा दुई धार रहेमा राष्ट्रियता खतरामा पर्ने समेत उनको भनाई थियो । पार्टीलाई एक ढिक्का बनाउनकालागि पनि सुझाब संकलन गर्न भेलाको आयोजना गरिएको समेत उनको भनाई थियो ।

भेलामा निवर्तमान केन्द्रीय सदस्यहरू गुरु बराल, कुन्दनराज काफ्लेसहित लुम्बिनी प्रदेशको पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, मन्त्री रोज राणागायतका नेताहरूको समेत सहभागिता रहेको थियो ।