तुलसीपुर, ७ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को दंगीशरण गाउँपालिका वडा नं. ६ मा नयाँ कार्यसमिति चयन गरिएको छ ।
देवबहादुर केसीको सभापतित्वमा नयाँ कार्य समिति चयन गरिएको हो ।
जसको उपसभापतिमा डिल्लीबहादुर भण्डारी, सचिबमा निर्मला केसी, सदस्यहरुमा सीमा परियार, ताराप्रसाद योगी, खड्गबहादुर भण्डारी, दलबहादुर खड्का, आरती चौधरी, निशा वली, चिरञ्जिवी वली र दशरथ नेपालीलाई चयन गरिएको छ ।
त्यस्तै तुलसीपुर उपमहानगरपालिका वडा नं.११ को सभापतिमा किरन बस्नेत, उपसभापतिमा पविता खत्री बस्नेत र सचिबमा सुवर्ण डाँगीलाई चयन गरिएको छ ।
लाइभदाङ । ७ पुष २०८१, आईतवार १९:०१ बजे