
दाङ,६ असार ।
दाङको घोराही उपमहानगरपालिकाले नक्सा पास नगर्ने घरधनीका साथै त्यस्ता घर बनाउने ठेकेदार र निर्माण व्यवसायीलाई समेत कारबाहीको दायरामा ल्याइने नीति ल्याएको छ ।
नगर प्रमुख नरुलाल चौधरीले यस्ती नीति ल्याएका हुन् । स्थानीय सरकार सञ्चालन ऐनले घरधनीलाई जरिवाना गर्ने वा भवन भत्काउने अधिकार दिएको भएपनि घोराही उपमहानगरपालिकाले भने ठेकेदार वा निर्माण व्यवसायीलाई समेत दण्डित गर्ने गरि नीति ल्याएको छ ।



लाइभदाङ । ६ असार २०८३, शनिबार ०८:३१ बजे