एमाले लुम्बिनी प्रदेश अधिवेशन : सचिवमा आचार्य निर्विरोध

बुटवल,१८ भदौ  । नेकपा एमाले लुम्बिनी प्रदेशको  सचिवमा लक्ष्मण आचार्य निर्विरोध निर्वाचित भएका छन् । उनीसँगै सचिव पदका मनोनयन  दर्ता गराएका सोमनाथ सापकोटाले सोमबार उम्मेददारी फिर्ता लिएपछि आचार्य निर्विरोध भएको एमालेले लुम्बिनी प्रदेश प्रचार विभाग प्रमुख डी आर घिमिरेले रातोपाटीलाई जानकारी दिए । उनले  निर्वाचन प्रक्रियासँग सहमतिको प्रयास पनि जारी रहेको जानकारी दिए । दाङ जिल्लाका आचार्यले यसअघि पनि एमाले लुम्बिनी प्रदेशको सचिवको रूपमा काम गरेका थिए ।