माओवादी केन्द्र तुलसीपुरद्वारा नगर कमिटि विस्तार, विभिन्न विभाग गठन

तुलसीपुर
२६ माघ / नेकपा माओवादी केन्द्र तुलसीपुरले नगर कमिटि विस्तार गरेको छ । अध्यक्ष खुसीराम चौधरीको अध्यक्षता तथा पार्टीका केन्द्रीय सदस्य जगप्रसाद शर्मा‘अपार’को प्रमुख आतिथ्यमा भएको पहिलो बैठकले नगर कमिटि विस्तार गरेको छ । निर्वाचित नगर कमिटिले १५ प्रतिशत मनोनित पाउने विधान अनुसार थप २१ जनालाई नगर कमिटिमा मनोनित गरिएको हो ।

जसमा कुलप्रसाद सापकोटा, सुरविर वली, शिव चौधरी, सिता राजभण्डारी, प्रेम खनाल, भुमिलाल चौधरी पबित्रा रोका, लिलामनी बाठा, इन्दिरा वली, दामोदर बस्नेत(राकेश), दिपक बोहरालाई मनोनित गरिएको हो । त्यस्तै धनबहादुर क्षेत्री, मानबहादुर वली, देवा कार्की, प्रकाश वली,गोपी चौधरी, शुरेस आचार्य, प्यारी चौधरी, कालुराम चौधरी, दुर्गा विक,निमा खत्रीलाई पनि नगर कमिटिमा मनोनित गरिएको छ ।
सचिब तुलाराम भण्डारी‘बारुद’का अनुसार बिभिन्न विभागहरु पनि गठन गरिएको छ । सोही अनुसार शिक्षा विभाग प्रमुखमा मोहन थापा, उपप्रमुखमा गिरीराज लम्साल, सचिबमा शरण घर्तीलाई चयन गरिएको छ । त्यस्तै स्वास्थ्य विभाग प्रमुखमा शसिकिरण ढकाल, उपप्रमुखमा शेरबहादुर विष्ट, सचिबमा रामकुमार खड्का र सदस्यमा जीवन खड्कालाई चयन गरिएको छ ।

त्यस्तै प्रशासन विभाग प्रमुखमा यज्ञबहादुर केसी,उपप्रमुखमा इश्वरा रोका,सचिबमा मिनराज भण्डारी र सदस्यमा कमल चौधरीलाई चयन गरिएको छ । पार्टीको खानेपानी विभाग प्रमुखमा मिनराज भण्डारी, उपप्रमुखमा कमल रावत,सचिबमा शेसमणी रिजाल, सिंचाई विभाग प्रमुखमा मन कुमार महत, उपप्रमुखमा गोपाल घर्ती,सचिबमा मोहन चौधरीलाई चयन गरिएको छ ।


त्यस्तै प्रचार विभाग प्रमुखमा राकेश बस्नेत, उपप्रमुखमा दिपक बोहरा,सचिबमा मिसन सुनार र सदस्यमा मदन विक‘मुस्कान’, युवा विभाग प्रमुखमा दिलकुमारी घर्ती, जनसंस्कृति बिभाग प्रमुखमा पूर्ण पुन,उपप्रमुखमा अम्वा गिरी,सचिबमा प्रेमबहादुर मल्ल सदस्यमा अमर विक, भूमि व्यबस्था तथा सहकारी विभागको प्रमुखमा दिपक वली,उपप्रमुखमा सरस्वती नेपाली, सचिबमा प्रकाश परियार, सदस्यमा प्रेमलाल चौधरी र रत्न विकलाई चयन गरिएको छ ।

त्यस्तै सरकार समन्वय विभाग प्रमुखमा अमर नेपाली‘माइकल’,उपप्रमुखमा अनिता पोख्रेल र सचिबमा दुर्गा शर्मा, बन व्यबस्थापन विभाग प्रमुखमा पदमा कडेँल,उपप्रमुखमा तुलसीराम रोका, सचिबमा चन्द्रा खड्का, सदस्यमा तिर्थ चौधरी र झग्गु योगीलाई चयन गरिएको छ, भने कृषि तथा भेटनरी विभाग प्रमुखमा कमल रावत, उपप्रमुखमा खिमबहादुर वली, सचिबमा पूर्ण चौधरीलाई चयन गरिएको छ ।