प्रतिष्ठानका पाँच वटा डायोलाइसिस मेसिन मर्मत भएपछि सहज

दाङ,२१ जेठ ।
दाङको घोराही स्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बर्षौदेखि विग्रिएर थन्किएका पाँच वटा डायोलाइसिस मेसिन मर्मत गरिएको छ । मेसिन विग्रिएर थन्किएपछि मिर्गौला रोगका विरामीहरुलाई समस्या हुने गरेको थियो ।त्यसलाई मध्येनजर गर्दै मेसिन मर्मन गरिएको हो ।

प्रतिष्ठानका निमित्त कार्यालय प्रमुख, डा. सुरेश रसाइलीका अनुसार पोखराबाट हेमो डायोलाईसिस सम्बन्धि प्राबिधिक ल्याएर मर्मत गरिएको हो । मेसिनहरु बनेपछि विरामीहरुलाई सहज हुने भएको छ ।


मेसिन बनेपछि दैनिक थप ११ जना मिर्गौलाका विरामीहरुले डायलासीस सेवा पाउनेछन् । तीन सिफ्टमा चल्ने प्रतिष्ठानको डायलासीस सेवा दैनिक ३३ जना विरामीले प्राप्त गर्दै आएका छन् । विहान ७ बजेदेखी वेलुका १० बजेसम्म डायोलाइसिस सेवा सञ्चालन हुनेछ । उक्त सेवावाट हालसम्म ९१ जना मिर्गौलाका विरामीहरुले सेवा लिएका छन् ।

डायोलाइसिस सेवाकालागि १८ जना नर्सिङ स्टाफलाई तालिमसमेत दिईएको छ ।