
घोराही,१८ जेठ ।
‘सबैको ख्याल राखौँ’ भन्ने मूल नाराका साथ दाङको घोराहीमा स्थापना गरीएको ३०० शैयाको संजीवनी टिचिङ हस्पिटलको प्राविधिक सहयोग र कपुरकोट गाउँपालीका, सल्यानको सम्युक्त आयोजनामा २०८३ जेठ १६ कपुरकोट आधारभुत अस्पताल कपुरकोट–३, घनवाङ, सल्यानमा एक दिने एकिकृत निःशुल्क स्वास्थ्य सिविर सम्पन्न भएको छ । उक्त सिविरमा एक हजार बढी विरामीहरुले सेवा लिएका थिए । कार्यक्रमको उद्घघाटन कपुरकोट गाउँपालीकाका अध्यक्ष दुर्गा बहादुर पुनले गर्नुभयो । उद्घघाटन मन्तब्य राख्दै उनले गाउँमै यति धेरै विशेषज्ञ चिकित्सकबाट सेवा प्राप्त हुनु स्थानीयवासीका लागि महत्वपूर्ण अवसर भएको कुरा राख्नुभयो । साथै उहॉले संजीवनी अस्पताल प्रति धन्यवाद व्यक्त गर्नुभयो ।
पतत्रकारको जिज्ञासामा अस्पतालका प्रमुख कार्यकारी अधिकृत श्री दिपक रोकाले सिविर संचालन गर्न सहकार्य गरेको प्रति कपुरकोट गाउँपालीका, सल्यानका अध्यक्ष, स्वास्थ्य शाखा लगाएत सम्पूर्ण टीमलाई हार्दिक धन्यवाद दिनुभयो । साथै उनले हस्पिटलको स्थापनाको इतिहास चर्चा गर्दै सिविरले स्वास्थ्य सेवाको पहुँच नपुगेका वा विपन्न समुदायलाई निःशुल्क चिकित्सा सेवा दिने कुरा बताउनुभयो। रोकाले निशुल्क उपचार सेवा, प्रारम्भिक रोग पहिचान, स्वास्थ्य सचेतना अभिवृद्धि, विशेषज्ञ सेवाको् पहुँच, प्रेषण सेवा नै सिविराको मुख्य उद्धेश्य रहेको जानकारी दिनुभयो। कार्यकारी प्रमुख रोकाले सिविरमा आउने नागरिकलाई ल्याब परीक्षण, औषधि वितरण, भिडियो एक्स–रे लगायतका सेवा समेत निःशुल्क रहेको जानकारी दिनुभो । उहॉले सिविरमा उपचारमा आउने विरामीलाई थप उपचारका लागि अस्पताल आउन परेमा औषधी बाहेक अन्य सेवामा बीस प्रतिशत सम्म छुट दिइने समेत बताउनुभयो ।
वृहद स्वास्थ्य सिविरको संयोजन अस्पतालका प्रशासकीय अधिकृत सुशिल रिजाल तथा कपुरकोट गाउपालीकाका स्वास्थ्य शाखा प्रमुख सुवास हमालले गर्नुभएको थियो । सो कार्यक्रममा अस्पतालका संचालक समिति सदस्य डा।लुना अर्यालले शुभकामना मन्तब्य राख्नुभयो । प्रतिकृया दिदै अस्पतालका निमित्त मेडिकल डाइरेक्टर कन्सल्टेन्ट फिजिसियन डा।बाचसपति सुवेदीका अनुसार निशुल्क स्वास्थ्य सिविरमा जनरल फिजिसियन, हाडजोर्नी तथा नशा, स्त्री तथा प्रसुती, जनरल सर्जरी, शिशु तथा वालरोग, नाक कान घाटी लगायतका विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य परीक्षण तथा परामर्श सेवा प्रदान गरिएको जानकारी दिनुभयो । अस्पताल व्यावस्थापक सह–प्राध्यापक मदन प्रसाद पन्थीले तीन सय शैयाको यस शिक्षण अस्पतालमा क्रिटिकल केयरमा आइसियु, सिसियु, एमआइसियु, एनआइसियु, पिआइसियु, एसआइसियु, एचडियु हाल संचालनमा रहेको, रेडियोग्राफी तर्फ डिजिटल एक्स रे, भिडियो एक्स रे, म्यामोग्राफी, इसिजि, इको, सिटि स्क्यान, एम।आर।आइ।, इन्टर्भेन्सनल इन्डोस्कपी, क्लोनस्कपी सेवा रहेको साथै हेमोडायलासिस सेवा, न्युरो, युरो र कार्डिया छिटै संचालन गर्ने योजना रहेको बताउनुभयो ।
उक्त स्वास्थ्य सिविर सेवा लिएका सेवाग्राहीहरुले डाक्टरको चेकजाच, परामर्शबाट आफूहरु सन्तुष्ट रहेको वताएका थिए । भिडियो एक्सरे, ल्याव टेष्ट र औषधी समेत निःुशुल्क पाएकोमा आयोजक प्रति आभार व्यक्त गरे । सिविर उद्द्धाटन सत्रको संचालन कपुरकोट अस्पतालका व्यावस्थापक देवेन्द्र कुमार सेन स्वाागत मन्तब्य पालीकाको स्वास्थ्य शाखा प्रमुख सुवास कुमार हमालले राख्नुभएको थियो । कार्यक्रम पालीका उपाध्यक्ष प्रकास भण्डारी वडा अध्यक्षहरु, पालीकाका अन्य कर्मचारीहरु, स्वास्थ्य स्यम सेविकाहरु, सुरक्षाकर्मीहरु लगाएतले सहयोग गर्नुभएको थियो ।



लाइभदाङ । १८ जेष्ठ २०८३, सोमबार २०:५८ बजे