
तुलसीपुर, १६ जेठ । राष्ट्रिय मानव अधिकार प्रतिष्ठान दाङले प्रदेश स्तरीय मानव अधिकार शिक्षा कार्यक्रम गरेको छ ।
शनिबार दाङको दंगीशरण ३ चखौरामा प्रदेश स्तरीय मानव अधिकार शिक्षा प्रदान गरिएको हो । जसमा लुम्बिनी प्रदेश भित्रका मानव अधिकारकर्मीहरुको सहभागिता रहेको थियो ।
प्रतिष्ठानका जिल्ला अध्यक्ष बिनोद कुमार श्रेष्ठको अध्यक्षता तथा केन्द्रीय अध्यक्ष भवानी प्रसाद खरेलको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।
त्यस अवसरमा प्रमुख अतिथि खरेलले हरेक अफ्टेरो अबस्थामा प्रतिष्ठानले मानव अधिकारको वकालत गर्दै आएको बताए । उनले विगतमा भएका हरेक मानव अधिकारका उल्लंघनका घटनाहरुलाई प्रतिष्ठानले गम्भीरताका साथ हेरेको समेत बताए ।
त्यस्तै बिशिष्ट अतिथि तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीले मानव अधिकारका क्षेत्रमा काम गर्ने संस्थाहरुले खेलेको भूमिकाले नै मुलुक यो स्थानमा आएका बताईन् ।
प्रतिष्ठानका कानुनी सल्लाहकार मोहन धिताल, प्याब्सन दाङका अध्यक्ष निर्मल न्यौपाने, प्रशिक्षक भागवत घिमिरे, इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक होम पराजुलीलगायतले मन्तब्य ब्यक्त गरेका थिए ।
त्यस अवसरमा पत्रकार दीपक बोहरा, दिप्तिशिखा चौधरी, आशिष केसी, टेकराज भण्डारीसहित मानव अधिकारका क्षेत्रमा क्रियाशिलहरुलाई समेत सम्मान ब्यक्त गरिएको थियो । कार्यक्रमको सहजीकरण सचिब टेकनप्रसाद कडँेलले गरेका थिए ।



लाइभदाङ । १६ जेष्ठ २०८३, शनिबार २२:०० बजे