दाङमा लागूऔषध ब्राउनसुगर सहित एक जना पक्राउ

दाङ,२९ असोज । दाङमा लागूऔषध ब्राउनसुगर सहित एक जना पक्राउ परेका छन् । घोराही उपमहानगरपालिका-१४ तिनकुने चोक बस्ने २० वर्षीय सरोज सुनारलाई  करिब २ सय ८० मिलिग्राम लागूऔषध ब्राउनसुगर  सहित सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ। वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।


साथै थप अनुसन्धानको क्रममा उक्त पदार्थ सोही उपमहानगरपालिका १४ पुष्पाञ्जली टोल बस्ने ३० वर्षीया मन कुमारी सुनारसँग खरिद गरी ल्याएको भन्ने खुल्न आएपश्चात उनको घर बाट नगद १ लाख १३ हजार १ सय ६० रूपैयाँ फेला पारी उनलाई समेत प्रहरीले पक्राउ गरेको छ । यस बारे आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।