
दाङ,१० जेठ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा युरोलोजी ९मूत्ररोग० सेवा सुरु भएपछि सेवा क्रमशः प्रभावकारी बन्दै गएको छ। प्रतिष्ठानका युरोलोजिस्ट सर्जन डा. सुशिल खनियाँको नेतृत्वमा चिकित्सक, नर्स, स्वास्थ्यकर्मिसहितको टोलीले सानादेखि ठूला शल्यक्रिया नियमित रूपमा सञ्चालन गर्दै आएको छ। प्रतिष्ठानले दिएको जानकारी अनुसार युरोलोजी ओपीडी (बाह्य बिरामी विभाग) मार्फत दैनिक ७० भन्दा बढी बिरामीले परामर्श तथा उपचार सेवा लिइरहेका छन्। प्रतिष्ठानको तथ्याङक अनुसार वैशाख १ देखि ३१ गतेसम्म युरोलोजी विभागबाट १ सय १३ जना बिरामीको सफल शल्यकृया गरीएको छ ।
सोही अवधिमा यूरोलोजीतर्फ ५ सय ५ जना विरामीले ओपीडि सेवा पाएको प्रतिष्ठान प्रशासनले जानकारी दिएको छ । त्यस्तै युरोलोजि सेवा अन्र्तगत भर्ना गरेर ६१ जना विरामीको उपचार गरीएको छ । यसअघि जिल्लामा युरोलोजी सेवा नहुँदा सामान्यदेखि विशेषज्ञ उपचारका लागि बिरामीलाई बाहिरका सहर जानुपर्ने बाध्यता थियो। तर, प्रतिष्ठानमा अत्याधुनिक उपकरणसहित यो सेवा विस्तार भएपछि उक्त समस्या समाधान भएको छ।
युरोलोजी सेवाअन्तर्गत पिसाबसम्बन्धी रोग, प्रोस्टेट, मिर्गौलाको पत्थरी, पित्तथैलीको पत्थरी, पिसाबको नलीसम्बन्धी समस्या, अण्डकोषमा मासु पलाउने वा सुन्निने, पिसाब पोल्ने वा चुहिने लगायतका रोगहरूको उपचार प्रतिष्ठानमा गर्न सकिने युरोलोजीष्ट डा। खनियाले जानकारी दिनु भयो। उहाँका अनुसार युरोलोजी सेवा लिने बिरामीको संख्या दिनदिनै बढ्दो क्रममा छ।
प्रतिष्ठानका निमित्त कार्यालय प्रमुख, निर्देशक तथा सह–प्राध्यापक डा। सुरेश रसाईलिले युरोलोजी सेवा अत्यन्त प्रभावकारी बनेको बताउँदै स्थानीय स्तरमै विशेषज्ञ उपचार सेवा प्राप्त गर्न पाउँदा बिरामीहरू खुसी भएको जानकारी दिनु भयो। डा।खनियाँ लामो समयदेखि प्रतिष्ठानमा युरोलोजी सेवा प्रदान गर्दै आएका अनुभवी चिकित्सककारुपमा परीचित हुनुहुन्छ । युरोलोजिसहित बिशीष्टिकृत सेवालाई प्रभावकारी बनाउन प्रतिष्ठानले वीर अस्पताल र शिक्षण अस्पताल टिचिङ लगायतका संस्था संग सहकार्य सुरु गरिएको जनाएको छ । सेवा विस्तार भए पनि भौतिक पूर्वाधारको अभाव भने अझै चुनौतीपूर्ण छ ।



लाइभदाङ । १० जेष्ठ २०८३, आईतवार १७:०८ बजे