दाङको घोराहीस्थित सञ्जीवनी टिचिङ हस्पिटलमा प्रसूति तथा स्त्री रोग सेवा प्रभावकारी बन्दै, डा। गोमा रिमालद्वारा विशिष्टीकृत सेवा प्रदान

घोराही, ९ जेष्ठ ।
दाङ पछिल्लो समय दाङ र आसपासका क्षेत्रमा गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच विस्तार भइरहेको छ । यसै क्रममा दाङको घोराही–३, भानपुर, स्थित सञ्जीवनी इन्स्टिच्युट अफ एड्भान्स्ड स्टडिज एन्ड टिचिङ हस्पिटल प्रा. लि. (Sanjeevani Teaching Hospital) ले महिला स्वास्थ्यलाई प्राथमिकतामा राख्दै आफ्ना सेवाहरूलाई थप परिष्कृत र अत्याधुनिक बनाएको छ । अस्पतालले विशेष गरी स्त्री रोग, प्रसूति सेवा तथा अत्याधुनिक दूरबिन प्रविधि (लाप्रास्कोपी)  मार्फत शल्यक्रिया सेवा प्रदान गर्दै आएको छ । अस्पतालमा कार्यरत प्रख्यात स्त्री तथा प्रसूति रोग विशेषज्ञ एवं गाइनो लाप्रास्कोपी सर्जन डा. गोमा रिमालको नेतृत्वमा महिला जन्य स्वास्थ्य समस्याहरूको सफल उपचार भइरहेको छ । काठमाडौं विश्वविद्यालय (KU) बाट एमडीरएमएस (MD/MS) उपाधि प्राप्त गर्नुभएकी डा. रिमाल नेपाल मेडिकल काउन्सिल (NMC NOM २०९९६) मा दर्तावाल अनुभवी चिकित्सक हुनुहुन्छ । उहाँको दक्षता र अस्पतालको अत्याधुनिक पूर्वाधारका कारण यस क्षेत्रका महिलाहरू जटिल उपचारका लागि बुटवल, नेपालगन्ज वा काठमाडौं धाउनुपर्ने बाध्यताबाट मुक्त भएका छन् । सञ्जीवनी टिचिङ हस्पिटलले उपलब्ध गराउँदै आएका प्रमुख सेवाहरू, तिनको महत्त्व र विशेषताहरू बहिरङ्ग र अन्तरङ्ग सेवा –अस्पतालले बिरामीको प्रारम्भिक जाँच, परामर्श र भर्ना गरेर उपचार गर्नुपर्ने दुवै प्रकारका सेवाहरू चुस्त रूपमा सञ्चालन गरिरहेको छ । ओपीडी (OPD) सेवाः दैनिक रूपमा महिलाहरूको स्वास्थ्य परीक्षण, प्रसूति पूर्वको जाँच र परामर्श प्रदान गरिन्छ । अस्पतालमा भर्ना हुनुपर्ने बिरामीहरूका लागि सुविधासम्पन्न वार्ड र निरन्तर नर्सिङ केयरको व्यवस्था छ । महिलाको जीवनको सबैभन्दा संवेदनशील क्षणलाई सुरक्षित र सहज बनाउन अस्पतालले विशेष ध्यान दिएको   छ ।

दक्ष नर्सिङ स्टाफ र चिकित्सकको प्रत्यक्ष निगरानीमा सुरक्षित तथा पीडा रहित सामान्य प्रसूति गराइन्छ । बच्चा वा आमाको स्वास्थ्यमा जटिलता देखिएमा वा सामान्य प्रसूति सम्भव नभएमा आधुनिक अप्रेशन थियटरमार्फत आकस्मिक तथा योजनाबद्ध सिजेरियन (अप्रेशन) सेवा उपलब्ध छ । नेपाल सरकारको कानुनी मापदण्ड र कडा गोपनीयता अपनाएर तालिमप्राप्त स्वास्थ्यकर्मीद्वारा सुरक्षित गर्भपतन सेवा र त्यसपछिको परामर्श प्रदान गरिन्छ । दम्पतीहरूका लागि उपयुक्त अस्थायी तथा स्थायी परिवार नियोजनका साधनहरू एवं परामर्श सेवा उपलब्ध छ । पाठेघरमा ट्युमर पलाएमा, अत्यधिक रगत बग्ने समस्या भएमा वा पाठेघर खस्ने समस्या (Uterine Prolapse) भएमा पाठेघर फाल्ने शल्यक्रिया गरिन्छ । अस्पतालमा यो सेवा दुई तरिकाबाट उपलब्ध छ । पहिलो तरीका सानो प्वाल मात्र पारेर पाठेघर निकालिने हुनाले बिरामीलाई दुखाइ कम हुन्छ, रगत कम बग्छ र चाँडै निको भएर घर फर्कन सकिन्छ भने दोस्रो तरीका पेट नकाटीकन योनीमार्गबाटै पाठेघर वा डिम्बाशयको पानीको फोका (सिस्ट) निकाल्ने अत्याधुनिक शल्यक्रिया पनि यहाँ सफलता पूर्वक गरिन्छ । कहिलेकाहीँ गर्भ पाठेघरमा बस्नुको सट्टा डिम्बावाहिनी नलीमा बस्न जान्छ, जसलाई ’एक्टोपिक प्रेग्नेन्सी’ भनिन्छ । यो महिलाका लागि ज्यानकै जोखिम हुन सक्ने आपतकालीन अवस्था हो । सञ्जीवनी हस्पिटलमा यस्तो जटिल अवस्थाको पहिचान गरी लाप्रास्कोपी (दूरबिन) वा लाप्राटोमी (चिरफार) विधिद्वारा द्रुत र सुरक्षित व्यवस्थापन गरिन्छ । पाठेघरको भित्री तह वा पाठेघरको मुखबाट सानो मासुको टुक्रा (बायोप्सी) निकाली क्यान्सर वा अन्य गम्भीर रोग लागे÷नलागेको पत्ता लगाउन प्रयोगशाला परीक्षण गरिन्छ । नेपाली महिलाहरूमा बढी देखिने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर एक हो । समयमै जाँच गरेमा यसलाई पूर्ण रूपमा रोकथाम गर्न सकिन्छ । अस्पतालले यसका लागि नियमित रूपमा स्क्रिनिङ सेवा प्रदान गर्दै आएको छ । विवाहको लामो समयसम्म पनि सन्तान सुख प्राप्त गर्न नसकेका दम्पतीहरूका लागि अस्पतालमा विशेष परामर्श र उपचार सेवा उपलब्ध छ ।


डिम्बावाहिनी नली खुला छ कि बन्द छ भनी हेर्ने एक्स–रे सेवा र विभिन्न हर्मोनल तथा औषधोपचार विधिहरू पनि उपलब्ध छन् । अत्याधुनिक प्रविधि, भरपर्दो प्रयोगशाला र डा. गोमा रिमालजस्ता दक्ष एवं अनुभवी विशेषज्ञको सेवाका कारण सञ्जीवनी टिचिङ हस्पिटल दाङ क्षेत्रकै महिला स्वास्थ्यका लागि भरोसा योग्य केन्द्र बनेको छ । अस्पतालले “सबैका लागि स्वास्थ्य हेरचाह“(Care for All ) भन्ने मूल नाराका साथ सेवा सुलभ र गुणस्तरीय बनाउने प्रतिबद्धता जनाएको छ । महिलाजन्य कुनै पनि स्वास्थ्य समस्या, प्रसूति वा निसन्तानपन सम्बन्धी परामर्शका लागि सिधै अस्पताल प्रशासन वा उपलब्ध गराइएको मोबाइल नम्बरमा सम्पर्क गरी आफ्नो ओपीडी टिकट सुरक्षित गर्न सकिन्छ ।