प्रतिष्ठानले एमविविएसको तयारीकालागि ठुलो संख्यामा प्राध्यापकहरू नियुक्त गर्दै

दाङ, १७ जेठ ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान एमविविएस सञ्चालनको तयारीमा जुटेको छ । एमविविएस सञ्चालन गर्न आवश्यक पर्ने सम्पुर्ण तयारीलाई तिव्र पारेको हो । एमविविएसको लागि काठमाण्डौमा पाठ्यक्रम बनाउन गोष्ठि सञ्चालन गरेको प्रतिष्ठानले पाठ्यक्रमलाई अन्तिमरुप दिने तयारी गरेको छ ।

प्रतिष्ठानका रजिष्ट्रार प्राध्यापक श्याम लम्सालले प्रतिष्ठानमा एमविविएस सञ्चालन भएमा यहाँको आर्थिक, सामाजिक अवस्थामा परीवर्तन आउने भन्दै यसका लागि सबैले हातेमालो गरेर अघि बढ्नुपर्ने बताउनु भयो । हालै मात्रै प्रतिष्ठानलाई ५ सय शैयामा स्तरोन्नति गर्न तथा प्रतिष्ठानमा एमविविएस कार्यक्रम सन्चालन गर्न आवश्यक बजेट विनियोजन गर्ने कुराबजेट वक्तव्यमा वाचन गरेकोमा अर्थमन्त्री वर्षमान पुनसहीत नेपाल सरकारलाई प्रतिष्ठानका उपकुलपति डा. विकास लामीछाने र रजिष्ट्रार लम्सालले धन्यवाद दिनु भयो ।


यसै आर्थिक वर्षमा एमविविएस कार्यक्रम शुरू गर्ने तयारी स्वरूप प्रतिष्ठानले ठुलो संख्यामा प्राध्यापहरू नियुक्त गर्न सुरु गरेको छ । विभिन्न मितिमा विज्ञापन गरेर प्रतिष्ठानले विशेषज्ञ शिक्षकहरूको नियुक्ती प्रकृया शुरू गरेको लम्सालले बताउनु भयो । हाल वेसिक साइन्स तर्फका विशेषज्ञ शिक्षकहरूको नियुक्ती प्रकृया अघि बढाईएको र अव छिट्टै चिकित्सा शिक्षा आयोगवाट पनि प्रतिष्ठानमा एमविविएस सञ्चालनका निमित्त विशेष अनुगमन हुने उहाँले जानकारी दिनु भयो ।

प्रतिष्ठानमा एमविविएसको कार्यक्रम सञ्चालन हुने तयारी गरेपछि जिल्लावासिमा खुसि छाउन सुरु गरेको छ । प्रतिष्ठानलाई यहाँका राजनितिक दल, नागरीक समाज, उद्योगि, ब्यवसायि, सञ्ञ्चार जगत, समाजका अगुवा सबैले सहयोग गरेर जानुपर्ने मत वलियो वन्दै गएपछि उपकुलपति डा।लामिछानेको नेतृत्वमा एमविविएसका कार्यक्रमहरु अघि बढेका हुन् ।